अमर सन्ततिचार ठोक्तक
मान्छेको दु:ख पीडामा मान्छे नै झन रमाउछ धन नकमाउने प्राणीहरू पनि भोकै छैनन् यहाँ तर अघाउदैन मान्छेको मन भोको पेट समाउछ ।
अमर सन्तति :
१.
पराइ अर्हौट भन्थे हिजो
स्वच्छ बनौट भन्थे हिजो
आफन्तकै देखिन्छ हूल,
खुल्ला छनौट भन्थे हिजो ।
२.
रहिरहेनन् कोही नभएका नङ्गा
भेटिएनन् कोही नगरेका दङ्गा
वर्षौ खोजियो चुनियो र जिल्लियो,
देखिएनन् कोही नुहाएका गङ्गा ।
३.
लाखौँ प्राणीमध्ये मान्छेले मात्रै धन कमाउछ
मान्छेको दु:ख पीडामा मान्छे नै झन रमाउछ
धन नकमाउने प्राणीहरू पनि भोकै छैनन् यहाँ
तर अघाउदैन मान्छेको मन भोको पेट समाउछ ।
४.
सारा आतङ्कित बनाई आफ्नो सवार चलाउनेलाई
न्यायालय संसद भवन सिंहदरबार जलाउनेलाई
कहिले खुल्ला प्रतिवेदन कहिले होला कारवाही यहाँ
कैयौँ काख रित्तो बनाई सुन्दर घरबार ढलाउनेलाई ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































