अमर सन्ततिचार ठोक्तक
खुकुरीभन्दा कलमको धार कडा हुन्छ खुकुरीभन्दा कलमको प्रहार कडा हुन्छ नहेप्नु महोदय कलमलाई कमजोर छ भनी , खुकुरीभन्दा कलमको मार कडा हुन्छ ।
अमर सन्तति :
१.
खाँचो पर्दा भाग्ने भगुवाहरु छन्
लाजै पचाई माग्ने मगुवाहरु छन
सधैँ लुट्न, धुत्न परेका ती बानी ,
साह्रै लोभी ,पापी अगुवाहरु छन् ।
२.
कतै चुरा पोते बेच्ने चुरौटे भेटिन्छन्
कतै स्वाभिमान बेच्ने भरौटे भेटिन्छन्
आफ्नो मानो खाएर सदैव अर्काको-
कतै आफ्नै इज्जत बेच्ने कुरौटे भेटिन्छन् ।
३.
खुकुरीभन्दा कलमको धार कडा हुन्छ
खुकुरीभन्दा कलमको प्रहार कडा हुन्छ
नहेप्नु महोदय कलमलाई कमजोर छ भनी ,
खुकुरीभन्दा कलमको मार कडा हुन्छ ।
४.
यिनले पनि नयाँ केही गर्लान् जस्तो छैन
त्यागी कोठे गफ गुटबन्दी सर्लान् जस्तो छैन
परिणामको होश छैन जोश मात्रै छ ठूलो
आम समस्या दु:ख पीडा हर्लान् जस्तो छैन ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































