अमर सन्ततिपाँच ठाेक्तक
अझै जिउँदो लास हाँसी बाँचिरहेछु म आफैँमाथि पीडा टाँसी बाँचिरहेछु म ठक्कर र हण्डरगोता खाँदै कतिकति यमराजसित नाता गाँसी बाँचिरहेछु म ।
अमर सन्तति :
१.
तिमी झार्छौ आँसु म पिउछु
तिमी मार्छौ माया म जिउछु
जे गर्नुछ गर छुट तिमीलाई
तिमी उधार्छौ मुटु म सिउछु ।
२.
अरुलाई नै माया पस्किएको देख्ने
अरुतिरै नै माया मस्किएको देख्ने
दृष्टि भ्रममा छौ कि बन्यौ मनोरोगी
आफ्नो भने माया खस्किएको देख्ने ।
३.
कुसन्तानमा डाडुपन्यू सर्छ कि त हात
पराइको आफैँमाथि पर्छ कि त लात
आजै पुर्याई विवेक मनमा परेको छ गुन्नु
भोलि फेरि आमामाथि गर्छ कि त घात ।
४.
अझै जिउँदो लास हाँसी बाँचिरहेछु म
आफैँमाथि पीडा टाँसी बाँचिरहेछु म
ठक्कर र हण्डरगोता खाँदै कतिकति
यमराजसित नाता गाँसी बाँचिरहेछु म ।
५.
सारा ती सपना र बाचा कागजी कोरा नहोस्
चाहिएको छ दह्रो लट्ठा कमसल डोरा नहोस्
सबैको यही चाहना छ सधैँ मीठो कामना छ
आमामाथि घात गर्ने धरतीमा छोरा नहोस् ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































