हेम अधिकारीकवि नम्बर ३६०
भेटेजति सोर्ने नभेटेपछि कोर्ने बडाको साथ आफ्नो काँध फुट्छन् दिनहुँ कविताका बाँध कविता खाट्टी तालीका पर्रा शब्द झर्रा भित्र थुरथुर बाहिर आँटी ।
हेम अधिकारी
हो हाम्रा कवि नम्बर ३६०
मानिसका दिमाग ३६० डिग्री घुमाउने
कविता ३६० दिन नै बनाउने
छनाउने कि गनाउने
तेल होइन कात्ती
ए आइ जित्ने, रोबोटिक्स् पिट्ने
कात्ने बात्ती कुराका दाँती
हो हाम्रा कवि नम्बर ३६० ।
जसले जे भनोस्
गनोस् कि भनोस्, हानोस् कि मानोस्
छानोस् कि तानोस्
भाव गायब आफु नायब
वाक्यका लाठी ,शब्द खाट्टी
हो हाम्रा कवि नम्बर ३६० ।
कसैलाई तेल कसैलाई भेल
कविताका बाढी
मनपराउने दारी कि सारी
वारि होस् कि पारि
लाटी होस् कि बाठी
दिउँसो होस् कि राति
नतन्काई कविता दन्किदैन
अत्तर नघसी कवि बान्किदैन
कि चम्मर कि हम्बर
भित्र फाटी बाहिर आँटी
हो हाम्रा कवि नम्बर ३६०
छिचरादेखि मिसरासम्म
घिच्रादेखि तिघ्रासम्म
जोड्नेलाई जोड्ने, फोड्नेलाई फोड्ने, तोड्नेलाई तोड्ने
मोड्नेलाई मोड्ने,गोड्नेलाई गोड्ने, छोड्नेलाई छोड्ने
भेटेजति सोर्ने नभेटेपछि कोर्ने
बडाको साथ आफ्नो काँध
फुट्छन् दिनहुँ कविताका बाँध
कविता खाट्टी
तालीका पर्रा शब्द झर्रा
भित्र थुरथुर बाहिर आँटी
हो हाम्रा कवि नम्बर ३६० ।
०००
दमक, झापा








































दिन होस या रात
मामाको कविताको साथ