साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाढी अचाक्ली गरिस् !

ठुला राम्रा राम्रा सहर पुरिए बालु बगर उता बस्ती जम्मै क्षणिकभरमा काल कहर यता बाँच्ने रुन्छन् नयनबिचका आँसु सकिए कता आफन्तीको मिलन कसरी हुन्छ र सखे !!

Nepal Telecom ad

हेम अधिकारी

भदौ लाग्दालाग्दै दशदिन बिहानीतिर अहो !
त्रियासीमा आयो अतिशय ठुलो बाढ पहिरो
खसेको ढुङ्गाको हिमपुरित पाखो र पहरो
लगेको खोलाले सबतिर बगाएर गहिरो ।।१

हिमाली पाखो त्यो द्रुत बगिगयो त्रासद भयो
लहेन्दे, भोटेको कहर जनको काल बनियो
असङ्ख्यै उर्लेको कति कहरिलो बाढ नदमा !
बगायो सर्वत्रै कहनु कसरी त्रास मनमा ।। २

कठै राम्रा ! बस्ती नगर सब नामेट बनिए
अनेकौँ मान्छेका धनजन सबै साफ हरिए
नदीमा बग्रेल्ती शव कति जनासाथ छरिए
लगेका बाढीले कति जमिनका गर्भ पुरिए ।।३

बगी आयो जम्मै हिमशिखर गेग्र््यान कुँडुलो
लगी मास्यो जम्मै घर, सहर बस्ती सब उँधो
सबै प्राणी मा¥यो धन कति गयो के अब भनौँ
लगेको बाढीले सब कति भनौँ के अब गनौँ !! ४

झरी भोटेकोसी जलधिसरि भो गण्डक अनि
नराखी नामेटै सब लगिगयो सम्पति पनि
कता भाग्ने लुक्ने क्षणभर सबै ध्वस्त बनियो
बगायो मा¥यो है असुर त्रिसुली भक्षक भयो ।। ५

ठुला राम्रा राम्रा सहर पुरिए बालु बगर
उता बस्ती जम्मै क्षणिकभरमा काल कहर
यता बाँच्ने रुन्छन् नयनबिचका आँसु सकिए
कता आफन्तीको मिलन कसरी हुन्छ र सखे !! ६

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धनमहिमा

धनमहिमा

हेम अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x