साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जात्रा

सत्ता भत्ता घरभित्रै पत्ता फिरिरिरी बाहिर बस्ता केही बेरमै देख्छन् तिरिरिरी टाउके टाउके मिलेपछि कसका बाउको दैया आफु खाने मार्सीजति अरुलाई घैया ।

Nepal Telecom ad

हेम अधिकारी :

गाईजात्रा आइसक्यो नजिकै, अरु जात्रा पर्छन् कि खुत्रुक्कै । २
जात्रैजात्रा जात्रा बढ्यो कति मात्रा मत्रा
पहिलेभन्दा अहिले बढ्यो क्या खतरा जात्रा
अहो क्या खतरा जात्रा !
माथिमाथि ठुला जात्रा तल साना जात्रा
दरबार हाँक्ने डाक्ने भए रङबिरङका जात्रा
अहो रङबिरङका जात्रा !
सिंहदरबार,स्यालदरबार,भेडाबाख्रा घरबार
देशको सातो बोलाउने धामी हुन्छन् बारबार
अहो धामी हुन्छन् बारबार !
देशखालि भैसक्यो गाउँघर, भदौरेलाई लाग्दछ र के डर ।२

एउटा सिंह एउटै खोरमा अर्को कहाँ आउँछ
आउला भन्ने डरले पैल्यै भोटेताल्चा लाउँछ
अहो भोटेताल्चा लाउँछ !
गाह्रो होला फुटाल्न नि कसोगरी पस्ने
भित्र पस्न अर्को सिँह बाहिरै ढुकी बस्ने
अहो बाहिरै ढुकी बस्ने !
डम्मै तिमी अघाएथ्यौ अर्कै दरबारमा
पुग्या छैन भन्दै ताक्छौ फेरि घरबारमा
अहो फेरि घरबारमा !
गर्ने के हो क्यै पक्का छैन, डम्मे कुर्सी नभैनि भा,छैन २

देशको पति भैसकेर फेरि पार्टीपति
चाहिएछ फेरि यता पति हो कि खति
अहो पति हो कि खति !
गेटै बन्द भैसकेछ धम्मरधुस् चौकिदार
तिनलाई धक्का दिई पस्न वार हो कि पार
अहो वार हो कि पार !
पैले मिली खाएका थ्यौ ऐले ठाँस्सठुँस्स
धक्काधक्की तिमी गर जनता चैँ हुस्स
अहो जनता चैँ हुस्स !
रमिता नैँ बनायौ आज, लजायो है मज्जाले त्यो लाज ।२

हेर्दा हेर्दै रमिता भो साँच्चै हो कि भ्रम ?
युवा छैनन् देश खालि घर वृद्धाश्रम
विकासका डिङ हाँक्छन् काम पाइदैन
विमान स्थल एकै दिन खालि पाइदैन
घोडेजात्रा,साँडेजात्रा, राँगा, डाँगा जात्रा
माउजात्रा,बाउजात्रा अझ राहुजात्रा
जात्रा भयो कति हो कति, देशलाई पोल्दैछ भत्भति २

नबोले नि जात्रै गर्छन् बोल्दा के के भन्छन्
राजनैतिक सौता आउली बुढीकी भो ठान्छन्‌
सत्ता भत्ता घरभित्रै पत्ता फिरिरिरी
बाहिर बस्ता केही बेरमै देख्छन् तिरिरिरी
टाउके टाउके मिलेपछि कसका बाउको दैया
आफु खाने मार्सीजति अरुलाई घैया ।
मिली मिली खाएपछि मिली पचाउने हो
आफ्ना जत्ति जेजे गरुन् सप्पै बचाउने हो
छोपेको छ जात्रा गर्दा हामले सप्पै भन्छन्
बाहिरै बाट लाजमर्दो देखिँदैछ छ्याङ्छ्याङ्
जात्रा भयो उदाङ्गो नाङ्गो, कुरा गर्छन् झन्‌भन्दा झन् बाङ्गो २

मान्छे मारी के के हुन्छ के के हुन्छ भन्थे
सिंहापुर र स्वीजर्ल्यान्ड बनाउने भन्थे
ऐले देश खँगारियो उनको सिंहापुर
घरैलाई बनाउने रैछ उनको सुर
छोराछोरी,सालासाली, सम्धी, ज्वाइँ सोल्टी
गर्लफ्रेन्ड वरिपरि चालिदिने गोटी
गाईजात्रा भन्दा ठुलो माईजात्रा गर्छन्‌
राम्रा लुगा लायौँ भन्छन् नाङ्गै अघि सर्छन् ।
सबै माथि ढिकुटीका रखौटे र भान्से
रमिते हुन् तलका ती गाउँघरका मान्छे ।
यस्तै भैगो चलन हाम्रो, देश भँडास्‌मा नेतालाई क्या राम्रो २

०००
२०८२।०९।१४
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
युवा छन् त

युवा छन् त

हेम अधिकारी
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x