साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरी तिमी सक्कली

हेर्दै मुग्ध बनाउने वदन त्यो चिन्नै नसक्ने अनि हावा पश्चिमको बहेर पुतली हावासँगैकी बनी डाँफे हौ कि हिमालकी, मुजुर हौ या हौ तिमी गौँथली ? काली छौ तर प्यारले भनिदिएँ गोरी तिमी सक्कली ।।

Nepal Telecom ad

हेम अधिकारी :

हेर्दै झल्झल क्या ! मुहार हँसिलो चम्कन्छ तारासरि
लाली ओठविषे च दाँत लहरी दारिमका हार ती
आँखा गाजलुले र लाल मुखले खुत्रुक्क पा¥यो छली
काली छौ तर प्यारले भनिदिएँ गोरी तिमी सक्कली ।।

कालो केश रहेन खै किन तिमी टाटी र पाङ्ग्री भयौ
मायाले मदहोस पार्न कसरी क्या सान यस्तो ग¥यौ !
हेर्दै आउँछु साँझमा बगरमा पर्खी बसे पातली
काली छौ तर प्यारले भनिदिएँ गोरी तिमी सक्कली ।।

सारी छैन कता गयो किन लुक्यो चोली हरायो कतै ?
साटीछ्यौ फरिया र पेन्ट किन हो थोत्रो भएको उतै
धेरै छैन शरीरमा किन लुगा लाग्यो कि साँच्चै कली ?
काली छौ तर प्यारले भनिदिएँ गोरी तिमी सक्कली ।।

काका, दाइ कि भाइ हौ भन तिमी झुक्याउने हौ कित
फुल्छन् फूलहरू सधैँ झिलिमिली छाड्दै नछाडी रित
जाई, सूर्यमुखी, गुराँस, कुसुमी बेली कि हौ मालती ?
काली छौ तर प्यारले भनिदिएँ गोरी तिमी सक्कली ।।

हेर्दै मुग्ध बनाउने वदन त्यो चिन्नै नसक्ने अनि
हावा पश्चिमको बहेर पुतली हावासँगैकी बनी
डाँफे हौ कि हिमालकी, मुजुर हौ या हौ तिमी गौँथली ?
काली छौ तर प्यारले भनिदिएँ गोरी तिमी सक्कली ।।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धनमहिमा

धनमहिमा

हेम अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x