खगेन्द्र नेउपानेकाे दामी काे हरामी ?
दुर्वचन् दुर्व्यसनका शिकारीहरु बनिरहेछन् नामी जाे अराजक छ उसैलाई ताली पिटीरहेछाैं हामी आफूले भनेकाे चैं दामी अरुले भनेकाे चैं हरामी ।
खगेन्द्र नेउपाने :
आफ्ना आफ्ना नेता बाेकेर
आफ्ना आफ्ना ढ्याङ्ग्राे ठाेकेर
अरुकाे अपमान गर्न निस्किएका छाैं हामी
हामी आफूले भने भनेकाे चैं दामी
अरुले मनपराएकाे चैं हरामी ।
विपदमा एकजुट हुनुकाे साटाे
आआफ्नै राजनीतिकाे राेटी सेकेर
नदीमा बग्दै गरेकाे लासलाई
एमाले काङ्ग्रेस रास्वपा देखेर
कस्तो सभ्यता निर्माण गरिरहेछाैं हामी
हामी आफूले भने भनेकाे चैं दामी
अरुले मनपराएकाे चैं हरामी ।
कतै जनतालाई लास बनाएर
कतै जनतालाई दास बनाएर
कसैलाई खास बनाएर
कसैलाई उपहास बनाएर
सत्ता आराेहण गर्नेहरु
कसैका लागि काेही नजिक
कसैैका लागि काेही टाढा बनाउँछाैं हामी
हामी आफूले भनेकाे चैं दामी
अरुले मनपराएकाे चैं हरामी ।
अल्गाेरिदमकाे भ्रम जालाेले
आम मस्तिष्कका कुना कन्दरा शाेषण गरेर
कृत्रिम लाेकपृयताकाे नाटक भरेर
काला जादुरुपी चटक चलिरहेकाे समयमा
पाका बुज्रुकहरुप्रति
कस्ले हुर्काइरहेछ अपमान संस्कृति
दुर्वचन् दुर्व्यसनका शिकारीहरु बनिरहेछन् नामी
जाे अराजक छ उसैलाई ताली पिटीरहेछाैं हामी
आफूले भनेकाे चैं दामी
अरुले भनेकाे चैं हरामी ।
०००
गाैरादह, झापा
Subscribe
Login
0 Comments
Oldest







































