साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरि एउटा लाेककथा

सुन्नासाथ साह्रा खरायोहरु हाँस्न थालेछन् हाँस्दाहाँस्दै खरायाेकाे मुख च्यातिएकाे रे नेताजीलाई सुनकाे माला भक्तहरुलाई फूलकाे माला याे कथा बैकुण्ठ जाला ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

कुनै लाेककथाकाे एकादेश जस्तै
यहाँ पनि खरायाेहरुकाे एकादेश छ
त्याे एकादेश
हरियाली जङ्गल पहाडकाे परिवेश छ
खरायोहरुकाे देश नजिकै
सिंहकाे बास छ
सिंह खरायोलाई घेरिरहन्छ
कतिबेला कर्याप्प पार्न हेरिरहन्छ ।
नजानिंदाे तरिकाले खरायोकाे इलाकातिर सर्छ
खरायोलाई माया गरेझैं गर्छ बिस्तारै छेउ काेतर्छ ।
एकदिन खरायोहरु भेला भएछन्
खरायोका नेता त्यहाँ गएछन्
खरायोहरुले नेतालाई भने-
नेता ज्यू सिंह हामीलाई हेरेर घुरीरहन्छ
कतिबेला हामीलाई खान कुरीरहन्छ
हाम्राे सीमाना मिचीरहन्छ
बिस्तारवादी नङ्ग्राले थिचीरहन्छ ।
याे सुनेर खरायोका नेता जुरुक्क उठेर भने
त्यसाे नभन खरायाेहरु हाे !
हामीले पनि सिंहकाे क्षेत्र मिचेका छाैं
सिंहकाे इलाका भित्र चर्याकचुरुक घाँस घिचेका छाैं
सुन्नासाथ साह्रा खरायोहरु हाँस्न थालेछन्
हाँस्दाहाँस्दै खरायाेकाे मुख च्यातिएकाे रे
नेताजीलाई सुनकाे माला
भक्तहरुलाई फूलकाे माला
याे कथा बैकुण्ठ जाला ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

नयाँ ड्राइभर आयो केही...

रणबहादुर बुढाथोकी ‘भैया’
गुनासो

गुनासो

हेमराज पन्त
सावधान ए निर्दयी समय !

सावधान ए निर्दयी समय...

अनिता काेइराला
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x