साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाेग्ने र गधा

उस्काे अनुहार बल्दा मलाई भित्रभित्रै पाेल्छ तर याे गधा कति शान्त छ मात्र बेलाबेला हराउँछ बेसुरा स्वरमा सुरवाला गीत गाउँछ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

लाेग्नेकाे रिसले समर्थन गरेकाे गधा
कस्ताे अद्भूत र अवर्णनीय हुन्छ ।

लाेग्ने बूढाे कराइरहन्छ
अनेक थाेक अह्राइरहन्छ
पुराना कुरा खाेकीरहन्छ
थाेत्राे आदर्श बाेकीरहन्छ
तर गधा चुपचाप चरीरहन्छ
कहिलेकाही बाेल्छ
उस्काे आवाज कति मेटाफाेरिक छ
जस्ले जे अर्थ लाए पनि हुने
जस्ले जे चाल पाए पनि हुने
उस्काे हिंडाइ कति लचकदार
घाँटीकाे घण्टी संगीतकाे चराइ कस्ताे उभार

लाेग्ने बूढाे थला परे पनि हुन्छ
अब त त्याे मरे पनि हुन्छ
कति असत्ति छ
उसकाे कुरा चल्दा मलाई हावाले पनि बिथाेल्छ
उस्काे अनुहार बल्दा
मलाई भित्रभित्रै पाेल्छ
तर याे गधा कति शान्त छ
मात्र बेलाबेला हराउँछ
बेसुरा स्वरमा सुरवाला गीत गाउँछ ।

मलाई एउटा छिमेकीले भन्याे
लाेग्ने गधा हुनसक्छ
तर गधा लाेग्ने हुन सक्दैन ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
BOOK-FILM REVIEW
BOOK-FILM REVIEW
1 month ago

चरम कटाक्ष

Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
1
0
Would love your thoughts, please comment.x
()
x