साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृत्रिम बाैद्धिकता

तर आज विगतलाई गाली गरेर अतीतप्रति अपमानकाे रङ्ग भरेर उदाएकाे वर्तमान ठग ढाँट र छलकाे कृत्रिम बाैद्धिकता साँधिरहेछ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने

सिलाैटाेकाे ईतिहास लामाे छ
तर आज मिक्स्चरले गाली गर्छ
जाँताेले बर्षाैंबर्ष संघर्ष गरेकाे छ
तर आज ग्राइन्डरबाट अपमानित छ ।

हिजाे रेडियाेलेे समाचार भन्दा सत्य हुन्थ्याे
सिंहदरबार जलेकाे कथा
महिनाैं पछि गाइने दाइले सुनाउँदा
पुरै गाउँ उल्टिएर सुन्थ्याे
आफू हिंड्ने बाटाे सबै मिलेर खन्थे
आफ्नु गाउँ आफैं बनाउँ भन्थे
तर आज हात हातमा सञ्चार साधन छ
तर सञ्चार गलत फैलन्छ
जाे नक्कली दुनियाँकाे निर्माण गर्छ
ऊ यहाँ भगवान बन्छ ।

जती सुकै गनाउँने र पुरानु भए पनि
गुन्द्रुकले गरीबकाे छाक टर्छ
आफूभित्र बीष बाेकेका चिल्ला टमाटरहरु
कुहिए पछि मलखाडीमा फाल्नु पर्छ ।

मिक्स्चर जतिसुकै आधुनिक भए पनि
एउटा सानाे तार खुस्कनासाथ काम नलाग्ने बन्छ
हिजाे डाेकाेमा बाेकेकाे जिन्दगीभन्दा
आज वालेटमा बाेकेकाे जिन्दगी बढी कष्टकर छ
सन्दुकमा राखेकाे पैसा भन्दा
बैंकमा राखेकाे पैसा बढी असुरक्षित हुन्छ
हिजाे नपढेका मान्छेका गन्तव्य थिए
तर आज पढेकाे मान्छे दिग्भ्रमित छ ।
वनमा पात बजाउँदै गाईवस्तु चराउनेले
हाम्राे अस्तित्व जाेगाएर ल्याए
तर आज धनी बाबुका पुल्पुलिएका सन्तानहरु
असमय समयकाे बलात्कार गर्दैछन्
जबर्जस्त पैसाले जन्माएका
डाक्टर र इन्जिनियरहरु
भविष्यलाई अनिश्चयकाे गर्भमा
भ्रुण हत्या गर्दैछन् ।

सिलाैटाले आमाका बजेका चुराकाे संगीत
धेरै सुनेकाे छ
ढिकी र जाँताेले भाउजू बुहारीका सपनाहरु
धेरै देखेकाे छ
तर आज विगतलाई गाली गरेर
अतीतप्रति अपमानकाे रङ्ग भरेर
उदाएकाे वर्तमान
ठग ढाँट र छलकाे कृत्रिम बाैद्धिकता साँधिरहेछ ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x