साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाषा कविता

सबैलाई मिलाउन खाेज्ने बरु आफू नै बिलाउन खाेज्ने सबै सबै शब्दहरु पनि बेलाबेला पदमा हुन्छन् पद सकिनासाथ आफ्नै अर्थमा फर्कन्छन् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

मान्छे मात्रै हाेइन
शब्दहरु पनि पदमा बस्छन्

पद सकिनासाथ आफ्नै अर्थमा फर्कन्छन् ।

कति शब्दहरु नाम मात्रका
कति अलङ्कार र विशेषणले भरिएका
कति शब्दहरु निरन्तर क्रियामा
कति सम्बन्ध सम्झाैतामा खटिएका ।

नाम मात्रका शब्दहरु पनि थरीथरीका
काेही व्यक्तिवादी , काेही जातीवादी
काेही कञ्जुस द्रब्यवादी
काेही उदार भाववादी
काेही गणित काेही अगणित
काेही एकलकाँटे काेही समूहवादी
काेही जीवन काेही निर्जीवन ।

कतै शब्दहरु मानमा कतै अभिमानमा
कति विशेष्यमा कति विशेषणमा
शब्दलाई शब्दकै चाकरी चाहिन्छ
आफू नेता अरुलाई कारिन्दा बनाइन्छ
तर पनि
कति शब्दहरु निरन्तर काममा छन्
नाम र विशेषणहरुका परिणाममा छन्
कहिल्यै रुप नबदल्ने
आफ्नै स्वाभिमानमा चल्ने
सबैलाई मिलाउन खाेज्ने
बरु आफू नै बिलाउन खाेज्ने
सबै सबै शब्दहरु पनि बेलाबेला पदमा हुन्छन्
पद सकिनासाथ
आफ्नै अर्थमा फर्कन्छन् ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x