साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढँटुवा बादल

ङिच्च हाँसिरहेछन् बगरहरु सबैलाई जिल्याउँदै खरानीकाे डाेरी बाटेर गयाे पानी लिएर आउँछु भन्थ्याे बादल ढाँटेर गयाे ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

बेइमान रहेछ उस्ले पनि दिमाग चाटेर गयाे
पानी लिएर आउँछु भन्थ्याे बादल ढाँटेर गयाे ।

अस्तिदेखि उस्का झाेलेहरु कराउँदै थिए
पक्का याे साल त धेरै पानी छ
सेताे बादल देखाएर भन्दै थिए
अझै उस्मा खुब जवानी छ
तर घामकाे ताताे बर्षाउँदै
बेकाम दिनहरु गुज्रिरहेछ
माैसमका आश्वासनहरु अब
नपत्याउनु पर्ने भएछ
आउँदै जस्ताे लागेकाे तर उतै डाँडा काटेर गयाे
पानी लिएर आउँछु भन्थ्याे बादल ढाँटेर गयाे ।

पानी परेपछि माैसम शितल हुन्छ भन्ने आशमा
भिजेकाे माटाेकाे मिठाे बासना
उम्रिरहेका मुनाका सुवाससंग मिसिई
आनन्दी रात बिताउँला भन्ने सपनाहरु
सबै चकनाचुर भएछ
यीनीहरुकाे आश्वासन पनि झुर भएछ
धैर्य गर भन्दै सस्ताे बाचा कसम साटेर गयाे
पानी लिएर आउँछु भन्थ्याे बादल ढाँटेर गयाे ।

कहिलेकाही खुलेकाे आकाशमा
थर्थराउँदा सेता बादलहरु
बतासकाे पर्खाई बाेकेर टहलिरहेछन्
आगाे बर्षाउँदै कुद्छ घाम
कलिला धानका गुभामा लुकेका गवाराका सन्तानहरु
संसार फेर्छाैं भन्दैछन्

उदाङ्गाे आकाशलाई जिस्क्याउँदै
ङिच्च हाँसिरहेछन् बगरहरु
सबैलाई जिल्याउँदै खरानीकाे डाेरी बाटेर गयाे
पानी लिएर आउँछु भन्थ्याे बादल ढाँटेर गयाे ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x