साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन्य पैसा !!

हाँसाे खुसी अलिकता पनि बुन्छ पैसा एकान्तकाे मधुरमा जप हुन्छ पैसा । आराध्य साध्य मनकाे छवि गन्छ पैसा दुर्दान्त हुर्मत लिने कवि भन्छ पैसा ॥

Nepal Telecom ad

सुशील रिजाल :

हाे जिन्दगी प्रिय सखे अनमाेल पैसा
भाे जिन्दगी बुझ सखे किनबेच पैसा ।
बाेल्दैन बालक दुधे तर चिन्छ पैसा
सर्बाेच्च उच्च मन मन्दिर किन्छ पैसा ॥

चित्कारकाे सगरमा खल गर्छ पैसा
व्यापारले नगरमा छल गर्छ पैसा ।
जल्दै छ याे रहरमा बलवान पैसा
पर्दै गयाे कहरमा मन माझ पैसा ॥

पैसा थियाे मद थियाे प्रियसाथ किन्ने
पैसा गयाे कद गयाे नर छैन चिन्ने ।
पैसा छ पाठ परिपाठ मिलेर बस्ने
पैसा भयाे जहरिलाे हतियार धस्ने ॥

माता पिता अनुज खास बने छ पैसा
ताैलिन्छ मालिक र दास गनेर पैसा ।
ज्याद्राे भयाे भुवनमै अतिरिक्त पैसा
निष्ठा हराउन गयाे बटुलेर पैसा ॥

उल्लासकाे प्रहरमा छल गर्छ पैसा
बैशाखकाे भ्रमरझैँ धुन छर्छ पैसा ।
उद्वेग वेग मनमा कल गर्छ पैसा
बन्दैछ माेह सपना प्रिय लाग्छ पैसा ॥

हाँसाे खुसी अलिकता पनि बुन्छ पैसा
एकान्तकाे मधुरमा जप हुन्छ पैसा ।
आराध्य साध्य मनकाे छवि गन्छ पैसा
दुर्दान्त हुर्मत लिने कवि भन्छ पैसा ॥

०००
२०८३/०४/१५

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
"भैया"
"भैया"
1 month ago

सुन्दर सृजना

Nepal Telecom ad
रमिता

रमिता

सुशील रिजाल
नयाँ खाल !

नयाँ खाल !

सुशील रिजाल
भ्रमकाे खेती

भ्रमकाे खेती

सुशील रिजाल
कालाे बिरालाे

कालाे बिरालाे

सुशील रिजाल
लुते कुकुर

लुते कुकुर

डा. सत्यराज थपलिया
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
1
0
Would love your thoughts, please comment.x
()
x