साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन्य पैसा !!

हाँसाे खुसी अलिकता पनि बुन्छ पैसा एकान्तकाे मधुरमा जप हुन्छ पैसा । आराध्य साध्य मनकाे छवि गन्छ पैसा दुर्दान्त हुर्मत लिने कवि भन्छ पैसा ॥

Nepal Telecom ad

सुशील रिजाल :

हाे जिन्दगी प्रिय सखे अनमाेल पैसा
भाे जिन्दगी बुझ सखे किनबेच पैसा ।
बाेल्दैन बालक दुधे तर चिन्छ पैसा
सर्बाेच्च उच्च मन मन्दिर किन्छ पैसा ॥

चित्कारकाे सगरमा खल गर्छ पैसा
व्यापारले नगरमा छल गर्छ पैसा ।
जल्दै छ याे रहरमा बलवान पैसा
पर्दै गयाे कहरमा मन माझ पैसा ॥

पैसा थियाे मद थियाे प्रियसाथ किन्ने
पैसा गयाे कद गयाे नर छैन चिन्ने ।
पैसा छ पाठ परिपाठ मिलेर बस्ने
पैसा भयाे जहरिलाे हतियार धस्ने ॥

माता पिता अनुज खास बने छ पैसा
ताैलिन्छ मालिक र दास गनेर पैसा ।
ज्याद्राे भयाे भुवनमै अतिरिक्त पैसा
निष्ठा हराउन गयाे बटुलेर पैसा ॥

उल्लासकाे प्रहरमा छल गर्छ पैसा
बैशाखकाे भ्रमरझैँ धुन छर्छ पैसा ।
उद्वेग वेग मनमा कल गर्छ पैसा
बन्दैछ माेह सपना प्रिय लाग्छ पैसा ॥

हाँसाे खुसी अलिकता पनि बुन्छ पैसा
एकान्तकाे मधुरमा जप हुन्छ पैसा ।
आराध्य साध्य मनकाे छवि गन्छ पैसा
दुर्दान्त हुर्मत लिने कवि भन्छ पैसा ॥

०००
२०८३/०४/१५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रमिता

रमिता

सुशील रिजाल
नयाँ खाल !

नयाँ खाल !

सुशील रिजाल
भ्रमकाे खेती

भ्रमकाे खेती

सुशील रिजाल
कालाे बिरालाे

कालाे बिरालाे

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
तयार पर अरे

तयार पर अरे

होम सुवेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x