साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रमकाे खेती

गर्दै छु मुक्तिकाे आस तैरिने यत्नले अझै चाँजाेपाँजाे सबै मिल्छन् हाक्कहुक्क यी बल्झिँदै । खाेज्दछन् रामकाे राज्य वायुपुत्र रमाउन पुकार्दै छन् खडेबाबा लङ्कापुरी बनाउन ।।

Nepal Telecom ad

सुशील रिजाल :

माैलायाे भ्रमकाे खेती झाँगिए कुसुमाकर
भित्तामा फेरिए चित्र मार्गचित्र कठैबर !
मार्गमा पर्दछन् खाल्डा संभार हुन्छ रे उता
सबैलाई मिलाैँ भन्ने चित्तचाेर जतातता ।।

मेधावी चेतना हाम्राे स्वप्नमै मन बेच्दछाैँ
तिर्सना टाकुराे चुम्ने एउटै जून देख्दछाैँ ।
नबुझेकाे कहाँ हाे र विश्वको विज्ञान सार त्यो
माेहकाे रापले पेल्दा पिसिन्छन्अधिकार जाे ।।

अधिकार कहाँ खाेजाैँ बाेल्दैनन् इष्ट देवता
सुन्दैनन् ग्रीष्मका पीडा सुन्छन् कि भ्रष्ट व्यग्रता?
मस्त छन् भीडका द्वारे खैलाबैला ठुलै गरी
सभामा गर्दछन् पाठ रामगीता सधैँभरि।।

गर्दै छु मुक्तिकाे आस तैरिने यत्नले अझै
चाँजाेपाँजाे सबै मिल्छन् हाक्कहुक्क यी बल्झिँदै ।
खाेज्दछन् रामकाे राज्य वायुपुत्र रमाउन
पुकार्दै छन् खडेबाबा लङ्कापुरी बनाउन ।।

चरैवेति भयाे घात जल्दै छु अभिघातले
दबाएर कहाँ दब्ला निशा चिर्छ प्रभातले ।
न तेराे न त हाे मेराे बुझेरै नबुझेसरि
भ्रमकाे पालुवा गाेड्दै पाउ चल्छु सधैँभरि ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रमिता

रमिता

सुशील रिजाल
नयाँ खाल !

नयाँ खाल !

सुशील रिजाल
कालाे बिरालाे

कालाे बिरालाे

सुशील रिजाल
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x