साइबर अपराध सम्बन्धी सचेतना सामग्री

 गुरुसम्मान तथा ‘निशिम सुगन्ध’ स्मारिका—१ को विमोचन

नेपाल निवृत्त शिक्षक समाजले जिल्ला परिषद्का साथै गुरुसम्मान तथा ‘निशिम सुगन्ध’ स्मारिका—१ को विमोचन गरेको हाे ।

Nepal Telecom ad

मकवानपुर, हेटाैडा । नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले संस्थाको स्थापना दिवस तथा गुरुपूर्णिमाका अवसरमा आफ्नो पाँचौँ जिल्ला परिषद्का साथै गुरुसम्मान तथा ‘निशिम सुगन्ध’ स्मारिका—१ को विमोचन गरेको छ ।

यस क्रममा रमेशमोहन अधिकारीलाई ‘राम–सावित्री निवृत्त नेपाली भाषाशिक्षक सम्मान—२०८३’ प्रदान गरिएको छ । यसै गरी वि.सं.२०१२ मा जन्मनुभएका निवृत्त शिक्षकहरू रामशरण थापा, जनार्दन खनाल, राधादेवी शर्मा, हेमबहादुर ग्यालन थापामगर, भक्तिदेवी सुवेदी, जनक श्रेष्ठ, घनश्याम अमात्य, सूर्यबहादुर राई, कृतिबहादुर लामिछाने, बलराम रानामगर, पीताम्बर शर्मा तथा गोपाल शर्मालाई ‘ज्येष्ठ शिक्षक सम्मान’ प्रदान गरिएको छ । यसै गरी लक्ष्मीप्रपन्न शर्मा बास्कोटा, मिथिलेश मिश्र तथा होमनाथ गौतमलाई ‘मरणोपरान्त सम्मान’ प्रदान गरिएको छ ।

यसै गरी २०७७ सालमा मकवानपुरमा स्थापित नेपाल निवृत्त शिक्षक समाज मकवानपुरले पहिलो पल्ट ‘निशिम सुगन्ध’ नामक स्मारिका प्रकाशन गरेको छ । संस्थाका अध्यक्ष सीताराम दाहालको संरक्षकत्व, साहित्य विभागका संयोजक रमेशमोहन अधिकारीको प्रधान सम्पादकत्व तथा विष्णुप्रसाद गौतम, जनार्दन खनाल र चेतप्रसाद पौडेलको सहसम्पादकत्व रहेको यस स्मारिकाको भाषा सम्पादकमा व्याकरणकार ध्रुवकुमार भुजेल रहनुभएको छ । झन्डै १५० पृष्ठको स्मारिकामा १९४ जना शिक्षकको व्यक्तिवृत्त समेटिएको छ भने प्रतिवेदनका साथै कथा, कविता, यात्रा संस्मरण जस्ता साहित्यिक रचनाहरू पनि समेटिएका छन् ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्नेहरूमा केन्द्रीय सदस्य रमेशप्रसाद लामिछाने, केन्द्रीय प्रतिनिधि शिवदयाल यादव, वनमाली सुवेदी तथा पद्मा पौडेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सचिव पीताम्बर वास्तोलाको सञ्चालन तथा सदस्य ध्रुव शर्माको स्वागत रहेको थियाे भने प्रमखअतिथि  महासचिव अभिमन्यु गौतम हुनुहुन्थ्यो ।

०००
रमेशमाेहन अधिकारीकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
रमेशमोहन अधिकारी
रमेशमोहन अधिकारी
1 month ago

धन्यवाद फित्कौली !

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x