साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रमिता

खलका कलमा किन छिर्छ कवि ढलकाे नलझैँ तल गिर्छ छवि । कवि लम्पटमा जब फस्न गयाे कविका कविता बरबाद भयो ॥ जब लेख्छ यथार्थ तटस्थ बसी छुन सक्छ कथा मदिरा जसरी । जन दुर्जन बुझ्दछ मानवता कवि तुन्छ कथा भुइँमानवका ॥

Nepal Telecom ad

सुशील रिजाल :

इतिहास रचे कविका छविले
सम भाव भरे जसरी रविले ।
कविता युग हाे कवि बाेधक हाे
नव सर्जक हाे युग द्याेतक हाे ॥

छल वा दलकाे मत हुर्मतमा
विष घाेल्छ भने कवि हुन्छ कहाँ ?
जब चेत भरी कटु बाेल्छ कवि
तब सम्मुख अग्नि उकेल्छ कवि ॥

गुणगान छुने धुन गुञ्जनले
नव दर्शनका अभिलेख मरे ।
अतिरञ्जनले दिल जल्दछ नै
तब सिर्जनमा खिल गड्छ सधेँ ॥

खलका कलमा किन छिर्छ कवि
ढलकाे नलझैँ तल गिर्छ छवि ।
कवि लम्पटमा जब फस्न गयाे
कविका कविता बरबाद भयो ॥

जब लेख्छ यथार्थ तटस्थ बसी
छुन सक्छ कथा मदिरा जसरी ।
जन दुर्जन बुझ्दछ मानवता
कवि तुन्छ कथा भुइँमानवका ॥

कवि शिष्ट भए कविता कहने
मन कञ्चनमा सरिता बहने
कविका कविता प्रिय मन्त्र बनून्
लत लालचका रमिता नबनून् ॥

०००
कीर्तिपुर, काठमाडौं ।
२०८२/०७/२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
नयाँ खाल !

नयाँ खाल !

सुशील रिजाल
भ्रमकाे खेती

भ्रमकाे खेती

सुशील रिजाल
कालाे बिरालाे

कालाे बिरालाे

सुशील रिजाल
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x