साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विद्वान् छ खास्सा खसी

भन्छिन् खप्तडकी चरी गह भरी राताम्य आँखा गरी "एबीसी वनको विकास गरिए फुल्ला कहाँ बाबरी" देख्दा दुख्दछ चस्स चस्स मुटु जो लेख्दा दुख्यो चस्चसी मान्छे मूर्ख बने भनेर नभनूँ विद्वान् छ खास्सा खसी

Nepal Telecom ad

हिरा भट्ट :

तेरै खोर पसी सुनाउँछु खसी म्याँम्याँ दुरुस्तै गरिस्
भाषा शुद्ध छ जिन्दगीभर उही म्याँम्याँ गरेरै मरिस्
भाषा मार्दछ मूर्ख मानिस भने ठोक्लान् नि मुक्का कसी
मान्छे मूर्ख बने भनेर नभनूँ विद्वान् छ खास्सा खसी
।१।

विद्यावारिधिझैँ विशाल जसले डिग्रीहरू गन्दछन्
भाषा शुद्ध गरेर लेख्न नसकी ती ठस्ठसी कन्दछन्
बोलूँ सत्य त सर्पको मुख लिई मार्लान् तुरुन्तै डसी
मान्छे मूर्ख बने भनेर नभनूँ विद्वान् छ खास्सा खसी
।२।

जो प्राध्यापक हौँ भनी गज बनी गुड्डी चरा हाँक्दछन्
भाषा छन्द विशुद्ध लेख्न तिनकै खुट्टी बरा काँप्दछन्
भाषा शुद्ध रहोस् भनूँ त तिनले टोक्लान् गिदीमा पसी
मान्छे मूर्ख बने भनेर नभनूँ विद्वान् छ खास्सा खसी
।३।

लेख्दा तुर्तुर कट्टुभित्र जसले पोख्दैछ पानी हरे
भुन्टे भन्दछ भव्य काव्य गुटको अध्यक्ष ऊ हो अरे
सोध्दा आठ दुना सिधा गणितमा अध्यक्ष बोल्यो असी
मान्छे मूर्ख बने भनेर नभनूँ विद्वान् छ खास्सा खसी
।४।

भन्छिन् खप्तडकी चरी गह भरी राताम्य आँखा गरी
“एबीसी वनको विकास गरिए फुल्ला कहाँ बाबरी”
देख्दा दुख्दछ चस्स चस्स मुटु जो लेख्दा दुख्यो चस्चसी
मान्छे मूर्ख बने भनेर नभनूँ विद्वान् छ खास्सा खसी
।५।

सुम्पेँ शुभ्र सरस्वती चरणमा ॐफूलमाला बुनी
ऊ ऊ मूर्ख तिमी तँ मूर्खसित छौँ झन् मूर्ख हामी उनी
एक्का मानिसको उँचो मति फिरे हार्ने छ बास्सा खसी
मान्छे मूर्ख बने भनेर नभनूँ विद्वान् छ खास्सा खसी ।
।६।

०००
जन्मस्थल:पञ्चेश्वर-६, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x