साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परलोकवासी पिताको पत्र

यतातिरको अध्यागमन विभाग तिम्ले कल्पना नै नगर्न सक्ने गरी विशाल र सुब्यवस्थित रै’छ नि । दिनका दिन लाखौँ मान्छे आउँछन् ।

Nepal Telecom ad

गणेशप्रसाद लाठ :

प्रिय छोरा,
म यता परलोकमा आरामपुर्वक छु, मेरो बारेमा कुनै चिन्ताफिक्री नलियेस् । म यता आएको झण्डै एक वर्ष वितेछ, समय कसरी वित्यो, भेउ नै पाइएन । यताको म्याद पनि सक्किने बेला भएको छ । यसपछि कुन्नि कता जाने हो । खैर, यता जग्गासग्गा किन्ने, घर ठड्याउने चलन नै छैन । परलोकमा प्रवेश गर्दैगर्दा नै हरेकलाई उसको कर्म अनुसार प्लट उपलब्ध गराइन्छ । यता तिर्खा अथवा भोक पनि लाग्दैन, त्यही भएर खानेपिउने कामै रहेन । हाडमांसको त्यो बाक्लो आवरण त त्यही इहीलोकमा छुटेको हुन्छ, त्यही भएर होला, यहाँ लुगा लाउने बानी रहेनछ । रmपैयाँपैसाको चलन त पिटिक्कै छैन यहाँ । केही किन्ने काम परे पो । अनि सुनचाँदीजस्ता देखिने धातु त बाटोभरी ओछ्याइएका हुन्छन् । सुरmसुरmमा बाटो हिँड्दा कुल्चिन अप्ठेरो लाग्थ्यो । अब त बानी परिसकेको छ ।

खैर, तिम्री आमालाई सञ्चो त छ नि । ऊ पनि दमको रोगी, त्यो मृत्युलोकमा कुन्नि कति दिन बस्नु पर्ने हो, त्यो विचरीलाई अझै । इहीलोकबाट यता आउने चीरपरिचितहरूसित तिम्हरूबारे सोधखोज गरिराख्छु । यतातिरको अध्यागमन विभाग तिम्ले कल्पना नै नगर्न सक्ने गरी विशाल र सुब्यवस्थित रै’छ नि । दिनका दिन लाखौँ मान्छे आउँछन् । आगन्तुकहरूको देश अनुसार अध्यागमण विभागमन फाँट छुट्याइएका छन् । त्यहाँ सपैभन्दा अन्तिममा नेपालको लागि पनि एउटा फाँट छुट्याएको छ । नेपालको भूमिमा जोसुकैले प्राण त्यागोस्, उसको अध्यागमनको काम यही नेपाली फाँटले हेर्ने गर्छ । नेपालकै छेउमा पाकिस्तान, भारत, चिन, बाङ्गलादेश आदिजस्ता छिमेकी मुलुकका फाँटहरू राखिएका छन् । आफू चिनेको कोही मान्छे आइपुग्या छ कि भनेर मनमनै आस गर्दै म उता ठीमठीम गर्दै दिनहुँ पुगिराख्छु ।

नेपाली फाँटकी प्रमुख हाकिमनी जापानको सिमान्तो नगरबाट आएकी हुन् । एकदम दुब्ली, ज्यानमा हाड र छालाबाहेक केही बाँकि छैन । रिसाहा पनि उतिकै । तर मलाई असाध्यै माया गर्छिन् । नेपाली चुटकिलाहरू सुनाइ रहन्छु । उता केही महिनाअगाडि पोखरामा प्लेन दुर्घटना हुँदा बाफ रे, यताको नेपाली फाँटमा हल्लिखल्ली नै भएको थियो । त्यो दिनमा नेपाली फाँटकी त्यही हाकिमनीले त रिसाएर उधुम मचाएकी थिइन् । आगन्तुकहरूलाई तथानाम गाली गर्दै थिइन्, “यता परलोकमा गोडा राख्ने ठाँउ छैन, उता नेपालीहरूलाई परलोकमै घरजम गर्नु पर्ने ?” उसलाई पनि के दोष दिनु ? ऊ आफू एक सय दस वर्ष सिमान्तोमा बिताएर आएकी थिइन्, उसले अरm जापानीहरूलाई पनि उमेरको हदम्याद पुगेपछि मात्र इहीलोक त्यागेको हेरेकी थिइन् । उनलाई के थाहा ? नेपालको भूगोल र नेपालीको कथा ।

यता परलोकमा नेपालीहरूको अपत्यारिलो सङ्ख्यामा आगमन देखेर केही दिनअगाडि मात्र एक जाच आयोग गठन गरिएको छ । संयोगले आयोग प्रमुख छिमेकी राष्ट्र, भारतका पूर्व प्रधानमन्त्री रहेछन् । मलाई चिन्दा रहेछन् । एक दिन उनी पनि आप्‌mनो पूर्वाग्रह वमन गर्दै थिए, “सशस्त्र द्वन्द्वको बहाना झिकेर बथानका बथान यता आउने तिमीहरू नै । भुईचालो देखाउँदै झुण्डका झुण्ड यता शरणार्थी भएर आउने तिमीहरू नै । घरी, खाडी मुलुकको काम र तापले च्यापिएर यता आउनु पर्यो, भन्ने पनि तिमीहरू नै । घरी सिटामोलको बहाना, घरी झाडापखालाको बहाना, घरी बाढीपहिरोको बहाना ।” “रहर लागेर आएका हौँ र ?” दुईचार कडा–कडा जवाफ फर्काउने झोंक त मलाई पनि चलेको थियो । तर पावरफुल हाकिमसित मुख लाग्नु हुँदैन भनेर मलाई चेत थियो । चुप नै रहेँ ।

तर उनी चुप लागेनन् । क्रान्तिकारी नेताजस्तै झनझनै विषवमन गरिरहे, “मलाई सबै थाहा छ, तिमीहरू गुड्दै गरेको गाडीलाई अनाहकमै खाल्टोमा लैजाने गर्छौ । म खुबै बुझेको छु तिमीहरूको चर्तिकला, आकाशको प्लेनलाई जानाजानी भुईमा घोप्ट्याउँने गरेका छौ । अब त पासो लगाउने नयाँ जुक्ति पनि निकाल्यौ । पहिला बैंकबाट अनापसनाप कर्जा झिक्ने, जथाभावी लगानी गर्ने, अनि भुक्तान गर्न सकिएन भनेर पासो लगाउने ? संसारभरिका महङ््‌गा गाडी चढ्ने शौक तिम्हरूलाई नै । कर्जा काढेर भए पनि ककटेल पार्टी गर्ने रहर तिम्हरूलाई नै । इज इट फेयर ?” सहन नसकेपछि म त्यहाँबाट उठेर हिँडेँ । “जीवनभरी राजनीति गर्दै आएको मान्छेलाई के थाहा, गरि खानेहरूको पीडा ।” मनमनै बरबराएँ ।

अस्ति नै हाम्रा पुराना छिमेकी विसुनजीको छोरो त्रिपुरारीसित परलोकको अध्यागमन विभागमा जम्काभेट भएको थियो । उदास थियो विचरो । “खाईलाग्दो भरभराउँदौ जवानीमा हर्ट अटैक कसरी आयो ?” भनेर सोधे । “एकातिर आफूउपर कर्जाको भार थेग्नै नसक्ने गरी बढेको थियो, आर्कोतिर सरकारलाई राजस्व बुझाउनु पर्ने । कुन्नि कानुन पालनामा कसरी गलती भयो ? जानाजानी गरेको थिएन । करोडौँ कर तिरिसकेको कसैले सम्झेन, लाख रmपैया बेइमानी गरे भनेर अखबारमा ठूलै समाचार बन्यो । सरकार पनि के कम, थेग्नै नसक्ने गरी कर, जुर्माना र ब्याज निर्धारण गरेर चिठ्ठी पठायो । केही महिना जेलको हावा खाए । जग्गा बेच्न खोजे, आधी भाउमा पनि ग्राहक भेटिएन । मन्दीको मारमा कारोबार पनि आधीमा झरेको थियो । बजारको बाँकिबक्यौता पनि जसका तस थियो । दिनरात चिन्तामा रहन्थे । एक दिन छाती दुख्यो, रिङ्गटा लाग्यो । भुईंमा ढले, त्यसपछि उठ्नै सकिन ।” रmन्चे मुख बनाउँदै उसले फर्कायो ।

अनि छोरा, एउटा घतलाग्दो कुरो भन्न नै छुटाए । इहीलोकवासीले कल्पना गरे अनुसार यहाँ स्वर्ग विभाग अथवा नरक विभाग भनेर क्यै छुट्याइएको छैन । मान्छेको पछिल्लो कर्म अनुसार उसको चित्तमा दुःख अथवा सुखका तरङ्गहरू सम्प्रेषित गरिन्छ । अत्यधिक खराब कर्म गरेकाहरू यहाँ जतिसुकै सुखसुविधामा रहे पनि दुखी नै रहन्छन् । उसको चित्तले उसको खराब आचरणको कथा उसलाई सम्झाइ रहन्छ । आप्‌mना इहीलोकका कर्महरू सम्झेर ऊ दिनहु ग्लानीको आगोमा जलिरहन्छ । म पनि यहाँ आउँदा सुरmसुरmमा निकै दुखी रहन्थँे । आप्‌mनो भागको फल भोग्दै जाँदा बिस्तारै दुखका भाव घट्दै गएका छन् । दिनको बेलामा त ठीक हुन्छु, रात परेपछि मानसमा पुराना कुराहरू तरोताज हुन थाल्छन् । अनि चित्तमा पछुतो र ग्लानीभावले शिर उठाउन थाल्छ । यहाँ दिन र रातको अवधि पनि १५–१५ दिनको रहेछ नि । क्यार्नु, जे गर्या छु, त्यो भोग्नै पर्छ ।

खैर, छोरा, तिम्ले एउटो कुरो जानै पर्ने भयो । परलोकबाट पृथ्वी फुलबलभन्दा पनि सानो देखिन्छ नि । मैंले एक दिन एक जना बडेमान हाकिमलाई फकाएर एकदमै शक्तिशाली दुरबीन उधारोमा पाएको थिएँ । दुरबीन लगाएर सो फुटबलमा हाम्रो देश खोज्ने प्रयास गरेँ । एउटा झिनो रेखा मात्र हेर्न भ्याएँ । त्यो झिनो रेखाभित्र हाम्रो गाउँ, हाम्रो घर र तिमीहरूलाई हेर्न भ्याउने कुरै भएन । अचेल यसो गम्ने गर्छु, “तिम्रा साना काकासित जग्गाको भागबन्डाको लागि गरेको झगडा अनाहकमै गरेको रहेछु । भोलि नै गएर “बुवाले क्षमायाचना पठाएका छन्,” मेरो भाइलाई मेरो सन्देश दिनू । उनले खोजेको सम्पति उनलाई जिम्मा लगाउनू । तिमीले पनि काकापट्टिका भाइबहिनाहरूसित मेलमिलाप गर्नू । सबै जना मिलेर बस्नू ।

अनि, तिमीलाई रामेश्वरजी याद छन् ? उनको पाँच लाख पचाएँ भनेर उनले मउपर आरोप लगाएका थिए । पछि पञ्चायतीमा उनी नै झुठो सावित भएका थिए । असलमा उनी सत्य थिए । म नै भुठो थिएँ । यहाँ आएपछि एक दिन रामेश्वरजीसित भेट भयो । उनी मुसुक्क हाँसे । केही बोलेनन् । म नै उनका आँखासित आँखा मिलाउन सकिन । सक्छौ भने उनको परिवारलाई त्यो पाँच लाख ब्याजसहित फिर्ता गर्नू । सक्दैनौं भने उनको परिवारलाई कुनै अन्य प्रकारले सहयोग गर्नू । अनि जुगेश्वर काका याद छन् नि ? उनी कोरोनामा परेर मरेका थिए । उनी पनि एक दिन भेट भएका थिए । मलाई राम्ररी सम्झना छ, उनकी श्रीमती हाम्रो ढोकामा अक्सिजन सिलेन्डर माग्न आएकी थिइन् । सिलेन्डर दिनु त परै जाओस्, हामीहरू अगाडि आउन पनि मानेनौं । असलमा त्यो पनि एक किसिमको पाप थियो ।

छोरा, म धर्मकर्ममा जीवन समर्पण गरेको मान्छे । तिमीलाई थाहा भएकै कुरो हो । श्रीमद्भगवद्गीताका अठारह अध्याय त मलाई कण्ठै थिए । अनि पूजाअनुष्ठानमा मेरो श्रद्धा कस्तो थियो, तिम्लाई भनिराख्नु नै परेन । यहाँ आएपछि मैंले फरक कुरो थाहा पाएँ, “धर्मकर्ममा त बडो सरल कुरो रैछ । आफ्नो होस् अथवा अन्य कसैको, चित्तलाई पीडा हुने काम कहिल्यै नगर्नू । भूलबस कसैको चित्त दुखाएको छौ भन्ने तु गएर इमान्दारीपूर्वक क्षमायाचना गर्नू । कोही तिम्रो ढोकामा क्षमादानको याचना गर्दै आएको छ भने उसलाई तु क्षमादान दिनू । कसैको सदासयता अथवा सहयोगले तिम्रो चित्तको पीडा घटेको अथवा खुशी बढेको छ भने पनि तु गएर सच्चा मनले आभार प्रकट गर्नू । तिम्रो चित्त प्रसन्न छ भने त्यो प्रसन्नता आफूसम्म मात्र नराख्नू, अप्रसन्न चित्त भएकाहरूलाई बाँड्ने प्रयास गर्नू । यति गरेपछि तिमीले धर्मकर्मको नाममा अरm क्यै गर्नु पर्दैन है, बाबु ।
ल, आजलाई यति नै ।

तिम्रा परलोकवासी पिता
मनुष्यलाल

०००
रचनाकाल २०८० । ३ । ३
वीरगञ्ज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
माथिको आदेश

माथिको आदेश

राजेन्द्र पुडासैनी
0
Would love your thoughts, please comment.x
()
x