साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेसा

उनी मधेसमा बस्नेका लागि पनि पहाडी वस्तु उपलब्ध गराउँछन् । उनकाे बाेली मिठाे छ, व्यवहार राम्राे छ र व्यापार पनि राम्राे छ ।

Nepal Telecom ad

रमेश समर्थन :

उनी सधैं ब्रह्ममुहूर्तमा उठ्छन् र आज पनि उठे । शाैचादिबाट निवृत्त भएपछि अलिकति व्यायाम, प्राणायाम र आफ्ना इष्टदेवकाे ध्यान गर्छन् र आज पनि गरे ।

त्यसपछि नुहाएर पूजाकाेठामा गई टुप्पीकाे शिखाबन्धन गरी स्ताेत्रपाठका साथमा शङ्खघण्ट बजाउँदै पाञ्चायन देवताकाे नित्य पूजा गर्छन् र आज पनि गरे ।

भगवान् काे प्रसादस्वरूप रक्तचन्दनको तिलक लगाउँछन्, चरणामृत र नैवेद्य खान्छन् र बिहानकाे सामान्य कलेवा खान्छन् र आज पनि खाए ।

तबसम्म सहयाेगीहरूले पसल खाेलिसकेका थिए र बिक्रीका लागि सामान तयार पारिसकेका थिए जसका लागि जीवित वस्तु उनले हिँजै पहाडबाट मगाएका थिए । उनी मधेसमा बस्नेका लागि पनि पहाडी वस्तु उपलब्ध गराउँछन् । उनकाे बाेली मिठाे छ, व्यवहार राम्राे छ र व्यापार पनि राम्राे छ ।

उनले हिजाे साँझ धाेएर भित्ताकाे किलामा झुन्ड्याइएकाे एप्राेन झिकेर लगाए, हतियारहरू र अचानाकाे निरीक्षण गरे र उपस्थित भइसकेका ग्राहकहरूकाे मागअनुसार मासु काट्दै, जाेख्दै, दिँदै र पैसा लिँदै गर्न थाले ।

उनकाे नाम पुरुषाेत्तम पाेखरेल हाे ।

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x