शालिग्राम अर्यालकोहोरो लाउनुपर्यो !
हिसाबै कतिको चोर्यो ! निसापै चोरियो कति ? । अड्डा-अदालतै चोर्यो ! के खप्ने अब भो अति । खोज्ला सरकारले भन्दा चोरको मीत झैं गर्यो ! कोहोरो तगडा ल्याई जगाइ पक्रनुपर्यो ।।

शालिग्राम अर्याल :
सीमाना देशको चोर्यो ! खगौतो , वेद चोरी भो !
लाउडा धमिजा चोर्यो , चियाबारी नि चोरीगो !
ललिता निवासनै चोर्यो , सुन चोरेर के गर्यो ? ।
कोहोरो तगडा ल्याई जगाइ पक्रनुपर्यो ।।१।।
युवा नेपालीनै चोर्यो ! चोरी उद्योगनै सफा !
जग्गा कैलालीको चोर्यो ! चोर्यो कानुनका दफा ।
चोर्यो स्काउटको जग्गा ! सरकारले के गर्यो ?
कोहोरो तगडा ल्याई जगाइ पक्रनुपर्यो ! ।।२।।
कोशी-गण्डकीनै चोर्यो ! महाकाली नि चोरी भो !।
नमिता-सुनिता चोर्यो ! निर्मला पनि चोरी गो ।
धन-ईज्यतनै चोर्यो , प्राणै चोरेर पो मर्यो !
कोहोरो तगडा ल्याई जगाइ पक्रनुपर्यो ।।३।।
चोर्यो नेपालीको श्रम ! चोर्यो मेल-सहिष्णुता !
चोर्यो बहादुरी मान्छे ! पुर्यायो नि कता कता ।
धर्म-संस्कारनै चोर्यो ! चोर्यो बौद्धिकको जरो !
कोहोरो तगडा ल्याई जगाइ पक्रनुपर्यो !।।३।।
हिसाबै कतिको चोर्यो ! निसापै चोरियो कति ? ।
अड्डा-अदालतै चोर्यो ! के खप्ने अब भो अति ।
खोज्ला सरकारले भन्दा चोरको मीत झैं गर्यो !
कोहोरो तगडा ल्याई जगाइ पक्रनुपर्यो ।।४।।
चोर पत्ता लगाउनै सरकारले सकेन छी;!
या चाहेन कि आफैं पो सहभागी भएछ कि !
बन्दै बिदेशको दास , कि सरकार कतै सर्यो ? ।
कोहोरो तगडा ल्याइ जगाइ पक्रनुपर्यो ! ।।५।।
०००
सिद्धलेक-१ बैरेनी धादिङ
Subscribe
Login
0 Comments
Oldest







































