शालिग्राम अर्याललागेर के हुन्छ र ?
"राजा-पञ्च मिले, विकास नि निले" ती भ्रष्ट मासौँ भन्यौँ । साँच्चै जाँगर- त्यागसाथ उनको चर्को विरोधी बन्यौँ ।। भोग्यौँ जेल, सयौं शहीद हुनुभो! भो यातना जर्जर । नेता मिल्न गए नि दुस्मनसँगै लागेर के हुन्छ र ?।
शालिग्राम अर्याल :
यो नेपाल बनाउनै भनि यहाँ खोल्यौँ नि धेरै दल ।
आ-आफ्ना दल शक्तिवान हुनमा गर्थ्यौं सबैले बल ।।
सारा दु:ख निमास भै सुख हुने पार्यौँ सबैमा भर ।
नेता मात्र बनाउने दल भयो लागेर के हुन्छ र ?।।१।।
बिस्तार्वाद बिरोध गर्नु गरियो साम्राज्यवादै पनि ।
“सामन्ती-जनशोषकी”भनि यहाँ राजा हटायौँ पनि ।।
देखायौं अझ साम्यवाद सपना त्यो कल्पनाको घर ! ।
नेता शोषक भो सबै दलमहाँ लागेर के हुन्छ र ? ।।२।।
मास्ने हो अब वर्ग- दुस्मन भन्यौँ नाता छिमेकी फुट्यौँ ।
भारोपर्म टुट्यो फुट्यौँ सबजना पार्टी भनेरै जुट्यौँ ।।
आशा थ्यो अब केहि हुन्छ ! मनमा ठूलो परेथ्यौँ भर ।
नेतै वर्ग-विरोधमा हिँडिसके ! लागेर के हुन्छ र ? ।।३।।
सामन्ती, घुसघोर, चोर, ठगुवा , शोषी बनेका धनी ।
पारौँ निर्मुल राज चल्छ अगुवा ती सर्वहारा भनी ।।
दु:खीको दिन फिर्छ , हुन्छ समता ! भन्दै परेथ्यौँ भर ।
नेता नै घुसखोर भो नि दलमा ! लागेर के हुन्छ र ? ।।४।।
“राजा-पञ्च मिले, विकास नि निले” ती भ्रष्ट मासौँ भन्यौँ ।
साँच्चै जाँगर- त्यागसाथ उनको चर्को विरोधी बन्यौँ ।।
भोग्यौँ जेल, सयौं शहीद हुनुभो! भो यातना जर्जर ।
नेता मिल्न गए नि दुस्मनसँगै लागेर के हुन्छ र ?।५।।
लागौँ देश विकाशमा अब भन्यौँ ल्यायौँ नयाँ योजना ।
सम्झौता भइ संविधान बनियो ! समृद्धिको तर्जुमा ।।
ल्यायौँ यो गणतन्त्र, कानुन बन्यो ! कार्यान्वयन् मा डर ।
सत्ता-संसदमै कुटाकुट हुने ! लागेर के हुन्छ र ? ।।६।।
०००
धादिङ
पुरानाे पाेकाे (२०८१)
Subscribe
Login
0 Comments
Oldest







































