साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्छौ तिमी पातकी

अर्काको परिबन्ध-खेल-छलको ख्यालै नगर्ने भए ! के नेता बनियौ त ? स्वार्थ लिनमै सर्वस्व देने भए ! बाँढेथ्यौ नि त साम्यवाद सपना ! ऐल्यै भयौ घातकी कालो त्यो इतिहास बन्छ अब ता ! बन्छौ महा-पातकी ।

Nepal Telecom ad

शालिग्राम अर्याल :

यौटै थ्यौ पहिले फुटेर अहिले भा’छौ चिराका चिरा
के थ्यो स्वार्थ ? भएन क्यै तर भलो ! आफैं घट्यौ आखिर
पार्टी दर्जन भो र पो मत फुट्यो ! के भो त खै फाइदा ?
पाए स्वाद विपक्षले ! तर तिमी बाझ्ने र हार्ने सदा ! ।१।

मौका मिल्न पुगे छिमेक जहिल्यै खेल्छन् तिमी भित्र नै
धारेहात लगाउँदैछ जनता ! गुम्दै गए मित्र नै
ऐले बुद्धि पस्यो र मिल्न कसिए ! भन्दै भयाैं हर्षित
तिम्रा ती पद-भाग मिल्न नसकी पार्दै गयौ त्रासित ।२।

पार्टी मेल हुने भन्यौ, रहरले हाल्यौं सबैले मत
के भो लौ परिणाम ? याद गर ! के तिम्रै थियो किस्मत ?
ऐले मिल्न सके भविष्य बनिने ! कम्निष्टको राज भो
फुट्यो जीवन गो ! कलंकित भयौ तिम्रो नि बेहाल भो ।३।

अर्काको परिबन्ध-खेल-छलको ख्यालै नगर्ने भए !
के नेता बनियौ त ? स्वार्थ लिनमै सर्वस्व देने भए !
बाँढेथ्यौ नि त साम्यवाद सपना ! ऐल्यै भयौ घातकी
कालो त्यो इतिहास बन्छ अब ता ! बन्छौ महा-पातकी ।४।

०००
धादिङ
पुरानाे पाेकाे (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
लागेर के हुन्छ र ?

लागेर के हुन्छ र...

शालिग्राम अर्याल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x