साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुलै भुल

कमिसन् दिँदा टेण्डर पर्छ, धेरैनै बोलौँ कि ! अफिस पोले भ्रष्टाचार बच्ने ! साँच्चै म पोलौँ कि ! । मानिस बेच्दा धन धेरै पाइने ! स्वास्नी पो मोलौँ कि ! यस्तो क्यै गर्न मान्दैन आत्मा ! अब मै मरुँ कि !।

Nepal Telecom ad

शालिग्राम अर्याल :

आयुको लागि अमृत खाने गरेछु मैले भुल
सेवाको खातिर ममता गाँस्ने गरेछु अर्को भुल ।

ज्ञानको निम्ति पढ्नु र लेख्नु ठूलो भो मेरो भुल
संस्कार भन्दै माधुर्य बोली बोल्नु भो चर्को भुल ।

जनताका लागि राजनीति गर्नु भएछ क्यारे भुल
यथार्थ देखे-बुझेको कुरा भन्दिनु ठूलो भुल ।

भ्रष्टको बानी सुधार्न खोज्दा असाध्यै ठूलो भुल
मूर्खलाइ अर्ति दिएर सज्जन बनाउन खोजेँ भुल ।

कुलो र पानी सडक, बत्ती विकास खोज्नु भुल
कर्तव्यनिष्ट, समाजसेवी हुनु नै ठूलो भुल ।

गरीब-महिला-दलित मुक्ति दिलाउन भनेँ भुल
पिछडा वर्ग उत्थान गर्ने ध्येय राख्नु नै भुल ।

शोषणको जालो , गुण्डाको पालो तोडौँ भन्नुनै भुल
घुसको रिती संस्कारको स्थिति छोडौँ भन्नु नै भुल ।

सुशासन अनि समता देशमा चाहनु धेरै भुल
यो पृथ्वीमा जन्मनु मेरो सबभन्दा पैलो भुल ।

भुल सुधार यसरी गर्दा के होला त ?

चर्केर बोले ज्ञान-गुन भाको, होइन्छ, बोलौँ कि !
झर्केर बोल्दा नेताको मान पाइन्छ, बोलौँ कि !।

चन्दाले मात्रै टिकट मिल्छ, मै पैसा बोलौँ कि !
चाकडी गर्दा ठूलै पद मिल्ने ! मै खुट्टा मोलौँ कि ! ।

कमिसन् दिँदा टेण्डर पर्छ, धेरैनै बोलौँ कि !
अफिस पोले भ्रष्टाचार बच्ने ! साँच्चै म पोलौँ कि ! ।

मानिस बेच्दा धन धेरै पाइने ! स्वास्नी पो मोलौँ कि !
यस्तो क्यै गर्न मान्दैन आत्मा ! अब मै मरुँ कि !।

०००
नलाङ, धादिङ
पुरानाे पाेकाे (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
लागेर के हुन्छ र ?

लागेर के हुन्छ र...

शालिग्राम अर्याल
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x