शालिग्राम अर्यालभुलै भुल
कमिसन् दिँदा टेण्डर पर्छ, धेरैनै बोलौँ कि ! अफिस पोले भ्रष्टाचार बच्ने ! साँच्चै म पोलौँ कि ! । मानिस बेच्दा धन धेरै पाइने ! स्वास्नी पो मोलौँ कि ! यस्तो क्यै गर्न मान्दैन आत्मा ! अब मै मरुँ कि !।

शालिग्राम अर्याल :
आयुको लागि अमृत खाने गरेछु मैले भुल
सेवाको खातिर ममता गाँस्ने गरेछु अर्को भुल ।
ज्ञानको निम्ति पढ्नु र लेख्नु ठूलो भो मेरो भुल
संस्कार भन्दै माधुर्य बोली बोल्नु भो चर्को भुल ।
जनताका लागि राजनीति गर्नु भएछ क्यारे भुल
यथार्थ देखे-बुझेको कुरा भन्दिनु ठूलो भुल ।
भ्रष्टको बानी सुधार्न खोज्दा असाध्यै ठूलो भुल
मूर्खलाइ अर्ति दिएर सज्जन बनाउन खोजेँ भुल ।
कुलो र पानी सडक, बत्ती विकास खोज्नु भुल
कर्तव्यनिष्ट, समाजसेवी हुनु नै ठूलो भुल ।
गरीब-महिला-दलित मुक्ति दिलाउन भनेँ भुल
पिछडा वर्ग उत्थान गर्ने ध्येय राख्नु नै भुल ।
शोषणको जालो , गुण्डाको पालो तोडौँ भन्नुनै भुल
घुसको रिती संस्कारको स्थिति छोडौँ भन्नु नै भुल ।
सुशासन अनि समता देशमा चाहनु धेरै भुल
यो पृथ्वीमा जन्मनु मेरो सबभन्दा पैलो भुल ।
भुल सुधार यसरी गर्दा के होला त ?
चर्केर बोले ज्ञान-गुन भाको, होइन्छ, बोलौँ कि !
झर्केर बोल्दा नेताको मान पाइन्छ, बोलौँ कि !।
चन्दाले मात्रै टिकट मिल्छ, मै पैसा बोलौँ कि !
चाकडी गर्दा ठूलै पद मिल्ने ! मै खुट्टा मोलौँ कि ! ।
कमिसन् दिँदा टेण्डर पर्छ, धेरैनै बोलौँ कि !
अफिस पोले भ्रष्टाचार बच्ने ! साँच्चै म पोलौँ कि ! ।
मानिस बेच्दा धन धेरै पाइने ! स्वास्नी पो मोलौँ कि !
यस्तो क्यै गर्न मान्दैन आत्मा ! अब मै मरुँ कि !।
०००
नलाङ, धादिङ
पुरानाे पाेकाे (२०८०)
Subscribe
Login
0 Comments
Oldest







































