धनराज गिरीनेताजी : चिया दोकानमा, जनतासित
माफी मागियो, अब ताली खोजिन्न, काम गर्छु। नमन सबैमा। हामी नेताहरूलाई मात लागेकै हो।आफूलाई मालिक सम्झेकै हो ! स्वाद पाइयो आज। गुरुदेव, चरणस्पर्श !!

धनराज गिरी :
फगत हाम्रो गलत कामको मात्र हाईलाइट गरियो, हामीले गरेको राम्रो कामको चर्चा हुनुपर्दैन ? हामीलाई तारीफ चाहिन्न ? ताली चाहिन्न ? जनताको धर्म यही हो ? एकोहोरो आलोचना मात्र ? बात कर्ता है ! (सन्नाटा, सबै मुखामुख, कोही पनि बोल्न सकेन, किन कि, तीन भुसतिघ्रे, नेताजीको आफन्त, साथमा, भयभीत, पर बसेका, एक लेखक, गाउँको ” बत्ती” प्रोफेसर “न्यायराज जगजीत नीर्भिक विजयश्री गिरोपाध्याय” जुरुक्क उठेर नजीक आए, मुस्कुराए,नरम भएर!)
प्रोफेसर : चाणक्य नीति थाहा छ नेताजी ?
नेता : को हो चाणक्य भनेको ?
प्रोफेसर : खैर, तपाईंलाई मत दिएर माथि पठाएको नराम्रो काम गर्न हो ?
नेता : होइन त्यो त। (फेला पर्यो आज मर्दको — एक जनता,खुसुक्क, कानेखुसी !)
प्रोफेसर : आफ्नो कर्तव्य पालना गर्नेले तारीफ खोज्छ ?
नेता : क्या हो, तपाईं ऋषि धमलाको आफन्त हो ? विद्वान् हो ?
प्रोफेसर : ऋषि धमला होइन, हेडसर ऋषि खनालको गुरु बा हो, तपाईंजस्ता नेतालाई देश पढाउने, नैतिकता र इमानदारी सिकाउनसक्ने उत्तर आधुनिक वेदव्यास हो, प्रोफेसर जगमोहन आजाद सुमेधाश्रीको सक्कली शागिर्द, चिनिन्छ ?
नेता : आम्मै, मेरो पनि गुरुबा, उहाँको हरेक विद्यार्थी मेधावी, ल ल, म क्षमा माग्छु, हे गुरु, मलाई गाइड गर्नुपर्यो, गणतन्त्र जोगाउनु छ। प्रोफेसर जगमोहन आजाद सुमेधाश्री कहाँ हुनुहुन्छ ?
प्रोफेसर : मेरो गुरु मभित्र हुनुहुन्छ, जहाँ पनि हुनुहुन्छ, धनराज गिरी सरलाई भेट्न क्यानडा जानुभएको छ।
नेताजी : हामीलाई बेलैमा यसरी हप्काउने गुरु चाहिने, क्यार्ने ! माफी मागियो, अब ताली खोजिन्न, काम गर्छु। नमन सबैमा। हामी नेताहरूलाई मात लागेकै हो।आफूलाई मालिक सम्झेकै हो ! स्वाद पाइयो आज। गुरुदेव, चरणस्पर्श !!
प्रोफेसर : पढ्नू, विवेकी बन्नू। नपढी हुन्न। कुरा होइन, काम गर्नू ! पुराना नेताहरूले यो भन्नुहुन्थ्यो, त्यो भन्नुहुन्थ्यो, भनेर अब काम चल्दैन। इतिहासको आड निकम्माहरूले लिने हो। आफ्नो भिजन लिएर अघि बढी गन्तव्यमा पुग्ने ! आशीर्वाद छ।
नेता : हस् गुरुदेव ! बिदा हुन्छु। नमन !!
०००
चितवन, हाल : क्यानडा
Subscribe
Login
0 Comments
Oldest







































