धनराज गिरीजय गणतन्त्र !
भाइ, साँढे बाइस ! बल्ल खाइस् !! लौ लेख गजल ! लौ लेख लघुकथा ! लौ गर लीला ! इबरा कि खीबरा, कठैबरा ! नारीवाद - जिन्दावाद !
धनराज गिरी :
आखिर सुन्यो परिवर्तनले आधा आकाशको भित्री पूकार। पारित भयो विधान। घर घरमा दीपावली भयो। डेरिडा पनि तीन हात उफ्रे। खुशी भएर खम्बेलाई कविता लेखेर पठाए, फुत्कौली ज्यामिरे कान्छी भन्दै।
“जय गणतन्त्र !” नारी दिवसको नारा। द्रौपदी युगको पुनर्बहाली, कानून बन्यो। महादेव पनि खुशी। नियम बनाउने नेताहरूलाई महादेवले तीन वरदान दिए ” नेता दिवस” सालमा तीनपटक,एक,साउन एक,लुतो फाल्ने दिन, दुई, नागपञ्चमी, र तीन, श्वजन पूजा, तिहारको एक दिन, नेताजीहरू मख्ख।
“पहिलो पति पाण्डू, छक्का, अक्षम, नामर्द निस्किए, नारीले पनि दोस्रो पति, कान्छो पति राख्न पाउने !” नियम बन्यो। तीन तिहाईले पारित गर्यो। अर्को नियम “आजीवन कुमार र कुमारी बस्न नपाइने, किन कि यस्ता ब्याडेहरू ” आशाराम बापु” हुने १००% ग्यारेन्टी ! प्रकृतिको विरुद्ध को जाने ? कुन माइकालालको हिम्मत ? तथाकथित कुमारहरूको कारण धेरै धेरै पारिवारिक जीवन विघटन भएको भित्री कायाकैरन जगजाहेर। सुन बूढीहरू अपरिमेय। कडा कानून आयो। भव्य स्वागत भयो।
तुरुन्त कानूनको पालना भयो। ज्यामिरे कान्छी शायरा भद्रकाली भैरवीले “कान्छो पति ” बाजा बजाएर भित्र्याइन्। पहिलो पति अति खुशी। “नकुल र सहदेव” बनेर बसे। एउटाले खेती हेर्यो, अर्कोले व्यापार। एउटाले गजल लेख्यो, अर्कोले उपन्यास ! “उत्तर आधुनिक महाभारत !” लालुमाया बिहारिका नीलिमा पार्की पाल्पाश्रीको उपन्यास आयो, यसमा। उपन्यास बेस्ट सेलरमा गयो।
“भाइ, साँढे बाइस ! बल्ल खाइस् !! लौ लेख गजल ! लौ लेख लघुकथा ! लौ गर लीला ! इबरा कि खीबरा, कठैबरा ! नारीवाद – जिन्दावाद ! अब फुत्कौली ! बानरनाथ आन्जनेय अनुज, शिशुपाल, जय नेपाल ! वनमारा- जिन्दावाद ! पर्या जोगाऊ, मेरो प्रोफेसर ठगलाल दोहन जरासन्धश्री भाइ, गोपी, लगाऊ टोपी, भाग मुख छोपी ! जाऊ कान्छो पति हुन, कर्फोकतिर, लालुपाते फुलाएर, अनन्त यात्रामा ! भुस ! सात हात बोलेर टुस ! डबल म्यारिज, ४३ को मालले शो, बाजी भयो, वाजी महतो ! जय हो गणतन्त्र ! मेरो भाइ,आशीर्वाद ! लेख गजल !”
लामो संदेश, खीबरालाई, धर्मकर्म टोल, आलोकवस्ती, व्यञ्जनानगर, वाङ्लाबाट। “दाजु, जय नेपाल !” लीलाराज तिवारी गोपीश्री, प्रोफेसर द्रुपद।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest









































