साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

इज्जत भन्नु मुख लुकाउने मुखौनी रहेछ सन्तानको अर्थ बुढ्यौलीको पनौनी रहेछ ओत लाग्ने छानो मात्रै रहेनछ घर बुझ्दैछु घर भनेको त भावनाहरूको बिसौनी रहेछ ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
प्रत्येक कुराको आधार हुन्छ निराधार नसम्झनू
सिङ्गो ग्रन्थ हुँ पाना फाटेको अखबार नसम्झनू
नबिर्सनू तिमी, तिम्रैजस्तो दुख्ने मन छ मेरो पनि
यो मन, साप्ताहिक लाग्ने सिद्रा बजार नसम्झनु ।

२.
जो दिलको नजिक छन् तिनैले सताउने गर्छन्
सङ्क्रमण बनेर मनमा कब्जा जमाउने गर्छन्
मुस्कानको अर्थ कस्तो लगाउने हजुरकै जिम्मा
मान्छेहरू पीडा लुकाउन पनि मुस्कुराउने गर्छन् ।

३.
इज्जत भन्नु मुख लुकाउने मुखौनी रहेछ
सन्तानको अर्थ बुढ्यौलीको पनौनी रहेछ
ओत लाग्ने छानो मात्रै रहेनछ घर बुझ्दैछु
घर भनेको त भावनाहरूको बिसौनी रहेछ ।

४.
घाँटीको प्वाल हेरी मुख बाउने कला सिक्नुपर्छ
पाउनका खातिर केही गुमाउने कला सिक्नुपर्छ
जिन्दगी भन्नु त जिउने कला हो बा भन्नुहुन्थ्यो
ओढ्नीको नापमा खुट्टा तन्काउने कला सिक्नुपर्छ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
घोल

घोल

शिवप्रसाद जैशी
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x