साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेकान

कर्म छोडी दैब भाक्ने मान्छे उँभो लाग्दैन गल्ती कमजोरी ढाक्ने मान्छे उँभो लाग्दैन विश्वास हुनुपर्छ आफ्नै पौरखमा परिश्रममा अर्काको अपुताली ताक्ने मान्छे उँभो लाग्दैन ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
रवाना गर्दैमा जागिरकै सरहले रवाना नहुँदो रहेछ
बतासजस्तै हो बतासको कुनै ठेगाना नहुँदो रहेछ
कुन मोडमा दुर्घटित हुन्छ रोकिन्छ कुन बिसौनीमा
मान्छेका रहर र तिर्सनाहरूको सीमाना नहुँदो रहेछ ।

२.
अकस्मात बत्ती निभ्नुको अर्थ,फेरि जतनले बाल्नु हो
फलाम भट्टीमा हाल्नुको अर्थ अवश्य पनि गाल्नु हो
मिलेन सोचेझैँ सफलता भनेर विचलित न हो जिन्दगी
असफलता भन्नु हार हैन, अर्को ठोस प्रयास थाल्नु हो ।

३.
कर्म छोडी दैब भाक्ने मान्छे उँभो लाग्दैन
गल्ती कमजोरी ढाक्ने मान्छे उँभो लाग्दैन
विश्वास हुनुपर्छ आफ्नै पौरखमा परिश्रममा
अर्काको अपुताली ताक्ने मान्छे उँभो लाग्दैन ।

४.
बोल्ने मुखलाई नै थुनिन्छ जब अन्याय सुरु हुन्छ
सकिन्छन् जब जुक्ति सबै अर्को उपाय सुरु हुन्छ
जिन्दगी यस्तो किताब हो पढेर कहिल्यै नसकिने
कसलाई थाहा कुन पेजबाट नयाँ अध्याय सुरु हुन्छ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x