साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

आफै साहु र आफै आसामी को को हुनुहुन्छ ? को को गुमनाम यहाँ बेनामी को को हुनुहुन्छ ? प्रश्न गर्दै थियो मलामीहरूसँग घाटको चिताले भन्नुस् आफ्नै स्वप्नका मलामी को को हुनुहुन्छ ?

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
मनमा अपराध पाल्नेको उठेको नूर हुँदैन
दूरी बढाउँदैमा मनभित्रको मान्छे दूर हुँदैन
मनको इजलाशबाट स्थापित नजीर भन्दैछु
आँखै आँखाबाट गरिएको संवाद कसुर हुँदैन ।

२.
हुनुपर्छ, चिन्दै नचिनेका पनि ताकेर बगली आउँछन्
काम आफ्नो परेको छ भने हात मलीमली आउँछन्
आकस्मिकताहरूको चक्रव्यूह रहेछ जीवन भन्नु पनि
दिनहुँ आकस्मिकताहरू नकाव बदलीबदली आउँछन् ।

३.
आफै साहु र आफै आसामी को को हुनुहुन्छ ?
को को गुमनाम यहाँ बेनामी को को हुनुहुन्छ ?
प्रश्न गर्दै थियो मलामीहरूसँग घाटको चिताले
भन्नुस् आफ्नै स्वप्नका मलामी को को हुनुहुन्छ ?

४.
सन्तप्त नयन छन् मनभित्र पिर परेजस्ता छन्
आफैले बाँचिरहेको वर्तमानसँग डरेजस्ता छन्
चरित्र देखेर मलामीको चकित लासले सोच्यो
जिउँदा मान्छेहरू मभन्दा पनि धेरै मरेजस्ता छन् ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तकहरु…

चार ठाेक्तकहरु…

कुमार खड्का
दुई ठोक्तक

दुई ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x