साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

आफै साहु र आफै आसामी को को हुनुहुन्छ ? को को गुमनाम यहाँ बेनामी को को हुनुहुन्छ ? प्रश्न गर्दै थियो मलामीहरूसँग घाटको चिताले भन्नुस् आफ्नै स्वप्नका मलामी को को हुनुहुन्छ ?

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
मनमा अपराध पाल्नेको उठेको नूर हुँदैन
दूरी बढाउँदैमा मनभित्रको मान्छे दूर हुँदैन
मनको इजलाशबाट स्थापित नजीर भन्दैछु
आँखै आँखाबाट गरिएको संवाद कसुर हुँदैन ।

२.
हुनुपर्छ, चिन्दै नचिनेका पनि ताकेर बगली आउँछन्
काम आफ्नो परेको छ भने हात मलीमली आउँछन्
आकस्मिकताहरूको चक्रव्यूह रहेछ जीवन भन्नु पनि
दिनहुँ आकस्मिकताहरू नकाव बदलीबदली आउँछन् ।

३.
आफै साहु र आफै आसामी को को हुनुहुन्छ ?
को को गुमनाम यहाँ बेनामी को को हुनुहुन्छ ?
प्रश्न गर्दै थियो मलामीहरूसँग घाटको चिताले
भन्नुस् आफ्नै स्वप्नका मलामी को को हुनुहुन्छ ?

४.
सन्तप्त नयन छन् मनभित्र पिर परेजस्ता छन्
आफैले बाँचिरहेको वर्तमानसँग डरेजस्ता छन्
चरित्र देखेर मलामीको चकित लासले सोच्यो
जिउँदा मान्छेहरू मभन्दा पनि धेरै मरेजस्ता छन् ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x