साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतान्त्रिक मेनु

उसले हाँस्दै भन्यो, "यो मेनु हाम्रो संविधान जस्तै हो । नेताहरूलाई जुन परिकार पकाउन मन लाग्छ त्यही पकाउँछन् ।"

Nepal Telecom ad

विनय कसजू :

रेस्टुँराबाहिर ढोकैमा आकर्षक मेनु साइनबोर्ड जस्तै गरी ठूलो पाटीमा झुण्ड्याइएको थियो । मन पर्ने परिकार देखेर भित्र पसेँ । बेयराले मुसुक्क हाँसेर स्वागत गर्दै बस्ने टेबुल देखाए । बस्न नपाउँदै रङ्गिन परिकारहरूको चित्र सजिएको मेनु दिए । आहा कति मिठा परिकार रहेछन् जिब्रो नै रसाउने !

मैले बेरालाइ बोलाएर मेनुमा लेखेको परिकार देखाएर अर्डर गर्न खोजेँ । मैले देखाएको परिकारको चित्र हेर्दै उसले कपाल कन्याउँदै भन्यो, “यो परिकार अहिले हामी कहाँ पाक्दैन सर ।”

मैले अर्को परिकार देखाएँ । उसले भन्यो, “त्यो पनि हामीकहाँ पाक्दैन ।”
मलाई अचम्म लाग्यो । तैपनि मैले धैर्य गर्दै अरू दुइ तीन वटा खाने कुराको नाम लिँदै मेनुमा देखाएँ ।

उसले फेरि पनि कपाल कन्याउँदै भन्यो, “हामी कहाँ यी कुनै पनि परिकार पाक्दैन सर । माफ गर्नु होला ।”

छक्क पर्दै दिक्क मान्दै मैले सोधेँ, “आखिर यो रेस्टुँरामा के पाक्छ त भाइ ?”
“भान्छेहरूले जे कुरा पकाउन मन लाग्यो त्यही कुरा पाक्छ यहाँ । सर !” उसले निर्विकार भएर भन्यो ।

“त्यसो भए यो मेनुको  मतलब के भयो त भाइ ?” मैले अलिअलि झर्किँदै सोधेँ ।

उसले हाँस्दै भन्यो, “यो मेनु हाम्रो संविधान जस्तै हो । नेताहरूलाई जुन परिकार पकाउन मन लाग्छ त्यही पकाउँछन् ।”

०००
२९ मे, २०१९ सानेपा
(हिँजो भक्तपुरको एउटा रेस्टुँरामा खान जाँदा भएको घटनामा आधारित)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x