साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठाेक्तक

बितेर गएको समयको यहाँ बखान गर्ने चलन छ गरेर अपराध प्रायश्चित गर्न गोदान गर्ने चलन छ मेरो मृत्युको अफवाह फैलाउ शुभचिन्तक हौ भने यहाँ त मानिस मरेपछि मात्रै सम्मान गर्ने चलन छ ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
न त भाग्यले बिगार्छ न त छुकले बिगार्छ
न त समयले बिगार्छ, न त तुकले बिगार्छ
बोल्दा बिचार गरेर बोल्नु, आमा भन्नुहुन्थ्यो
बिगार्छ भने मान्छेलाई उसको मुखले बिगार्छ ।

२.
परे भोकै बस्नु तर कुनै बिचारको दास नहुनू
गरुङ्गो बन्दिने होडमा भिजेको कपास नहुनू
बा भन्नुहुन्थ्यो जे हुन्छ सबै राम्रै खातिर हुन्छ
एक दुई सपना ढल्दैमा कत्ति पनि हतास नहुनू ।

३.
बितेर गएको समयको यहाँ बखान गर्ने चलन छ
गरेर अपराध प्रायश्चित गर्न गोदान गर्ने चलन छ
मेरो मृत्युको अफवाह फैलाउ शुभचिन्तक हौ भने
यहाँ त मानिस मरेपछि मात्रै सम्मान गर्ने चलन छ ।

४.
स्वतन्त्रता भन्दैमा हदभन्दा बढी अराजक नबन्नू
आफैँ रचेका फर्जी पुराणका आफैँ बाचक नबन्नू
कसैको अनुपस्थिति कसैका लागि खुसी बन्छ भने
बा सम्झाउनुहुन्थ्यो, कसैको खुसीमा बाधक नबन्नू ।

५.
आज उप्रान्त कतै छोइने छैन र कसैलाई छुने छैन
जसरी रोए आफन्तहरू त्यसैरी म कहिल्यै रुने छैन
दुःखेसो पोख्दै मलामीसँग काँधमाथिको लासले भन्यो
तिमीहरूको अन्तिम यात्रामा मेरो उपस्थिति हुने छैन ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x