साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपेक्षा

ठूलो स्वरमा भन्ने अवस्था थिएन, त्यसैले म मनमनै गुनगुनाएँ— "छुमन्तर त हुने होइन होला !"

Nepal Telecom ad

सुशीला शर्मा :

चुनाव भर्खरै सकिएको थियो। नतिजा आइसकेको भए पनि सरकार भने गठन भइसकेको थिएन।

म कुनै जिल्लाको मालपोत कार्यालय पुगेको थिएँ; किनकि हाम्रो तिरो मालपोत कार्यालयमै बुझाउनुपर्ने प्रकृतिको जग्गा थियो। तिरो तिर्न लाइनमा उभिरहँदा आडैमा बैंकको काउन्टर रहेछ। हामी उभिएको लहर तर्फको ढोका भने बन्द थियो। राम्रो बुट्टा कुँदेको कलात्मक ढोका, बाहिर फलामको च्यानल गेट—जताततै माकुराको जालोले घेरेको।
दिक्क मान्दै मैले भनेँ, “यति राम्रो ढोका छ, सफासम्म पनि नगरेर के गरेको होला…”

छेउमा उभिएकी एक महिलाले मेरो कुरामा सहमति जनाउँदै टाउको हल्लाइन् र भनिन्, “अब यस्तो हुँदैन!”
यत्तिकैमा मैले तिर्नुपर्ने तिरोको हिसाब आयो। रकम बुझाउन बैंकको काउन्टरतर्फ अर्को लाइनमा बसेँ। लाइन बिस्तारै सर्दै थियो। म तिरो मात्र तिर्न गएकाले मँग धेरै पैसा थिएन, तर मेरो अगाडि-पछाडि बस्नेहरूले झोलामा टन्न पैसा बोकेका थिए।

एकजना महिलाले त दिक्क मान्दै, मलिन अनुहार लगाएर भन्दै थिइन्, “आफ्नो जग्गा बेच्दा पनि यति धेरै पैसा तिर्नुपर्ने! जनताको ढाड सेक्ने यो कस्तो नियम… त्यसैले त यसपटक मत परिवर्तन गरियो।”

मेरो अगाडि-पछाडि उभिएका अरूले पनि उहाँको कुरामा पूर्ण सहमति जनाए। लाग्यो—त्यस दिन त्यहाँ भेटिएकाहरु लगभग सबै जसो मत परिवर्तन गर्नेहरू मात्रै थिए।

ठूलो स्वरमा भन्ने अवस्था थिएन, त्यसैले म मनमनै गुनगुनाएँ— “छुमन्तर त हुने होइन होला !”
त्यतिबेला पैसाको बिटो बोकेर उभिएकी ती महिलाको अनुहार अहिले पनि झलझली याद आइरहन्छ। क्यामेराले फोटो नखिचे पनि मेरो आँखाले त्यो अनुहार स्पष्ट सम्झेको छ।

त्यतिबेलाको भन्दा अहिले रजिष्ट्रेशन दस्तुर (५% बाट ७.५% र ७% बाट १०%) २.५% ले बढिसकेको छ। खै, ती महिलाले अहिले के भन्दै होलिन्?

०००
व्यास-४, दमौली, तनहुँ
२०८३/०४/०४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x