उत्तम विचारमोबाइल
किराले पात खाएझैँ खायो दिमाग नै सब अचम्मकोछ यो जन्तु चिन्नै सकिन्न वास्तव ।। राम्रा अनि नराम्रा छन् गुणदोष दुबै अत: मोबाइल चिनौँ आँफैँ लिनेछ नत्र हुर्मत ।।
उत्तम विचार
छ मोबाइलको भाँडो सबको हातहातमा
नभए हाल कस्तो छ थाहै हुँदैन गाथमा ।।
हुन् युवा बाल वा वृद्धा सबको सम आदत
यसैमा मस्त देखिन्छन् कसरी छुट्छ यो लत ।।
कतिका घरको शान्ति निलेर यो अघाउँछ
कतिका मनमा क्रान्ति ज्वाला लिएर आउँछ ।।
यसैले क्यामरा खायो घडी अनेक साधन
बिगार्यो यसले मान्छेहरूको भाँडियो मन ।।
दम्पतीमा भरी शङ्का लङ्का जलाउँछस् किन
शान्त तलाउमा ढुङ्गा हानी चलाउँछस् किन ।।
मोलतोल महाचर्को मूल्यहीन तँ लाग्दछस्
पछाडि धन सम्पत्ति हुने चिनेर भाग्दछस् ।।
अनेक नाम छन् तेरा अन्तर्राष्ट्रिय जो स्तर
आईफोन र ग्यालेक्सी सामसुङमाछ निर्भर ।।
भोको पेट राखेर महँगा फोन हातमा
बोक्नुको शान बेग्लै छ हाम्रो युवा जमातमा ।।
किराले पात खाएझैँ खायो दिमाग नै सब
अचम्मकोछ यो जन्तु चिन्नै सकिन्न वास्तव ।।
राम्रा अनि नराम्रा छन् गुणदोष दुबै अत:
मोबाइल चिनौँ आँफैँ लिनेछ नत्र हुर्मत ।।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































