साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमती मध्य वर्गकी !

अभाव भावले टारून् अनिकाल भए पनि साथमा पति होऊन् या विदेश गए पनि । उनै लाग्छिन् महाकाव्य एघार माथि सर्गकी सकिन्नझैँ पढी लाग्छिन् श्रीमती मध्य वर्गकी ।।

Nepal Telecom ad

उत्तम विचार :

जान्दिनन् कामको मेसो गर्दिनन् या त श्रीमती
देखेर उनको चाला वाक्कदिक्क भए पति ।
गल्ती गरेर बम्किन्छिन् असाध्य लाग्दछिन् हकी
जान्नेसुन्ने अरूभन्दा श्रीमती मध्य वर्गकी ।।१।

महँगा रोज्दछिन् साडी खल्तीमा नहुँदा सुको
खर्चको फाँटमा पुग्दा पतिको दुख्छ टाउको ।
कहिले बन्दछिन् ज्ञानी कहिले त अबुज्झकी
तथापि घरकी आशा श्रीमती मध्य वर्गकी ।।२।

श्रीमान् असल अर्काको देख्ने नजर वैगुनी
कमाउने उही ज्यादा आफ्नो त्यस्तै भए हुने ।
कुतर्क मनमा खेल्छन् धनी असाध्य तर्ककी
खोजे सर्वत्र भेटिन्छिन् श्रीमती मध्य वर्गकी ।।३।

न उच्च वर्गमा पर्छिन् न अट्छिन् निम्न वर्गमा
स्वतन्त्र शब्दझैँ ठान्छिन् गनिन्छिन् परसर्गमा ।
यताको हाल जस्तोछ त्यता अलग पो छ कि
भन्नुहोस् कसरी बाँंच्छिन् श्रीमती मध्य वर्गकी ।।४।

अभाव भावले टारून् अनिकाल भए पनि
साथमा पति होऊन् या विदेश गए पनि ।
उनै लाग्छिन् महाकाव्य एघार माथि सर्गकी
सकिन्नझैँ पढी लाग्छिन् श्रीमती मध्य वर्गकी ।।५।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
लासले भोट दिँदैन

लासले भोट दिँदैन

डा. कृष्ण शाह यात्री
रगत रातो छ

रगत रातो छ

तेजप्रकाश श्रेष्ठ
म

एमपी पाण्डे
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x