साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भक्तपुर बुढ्यौलीद्वारा तीनजना स्रष्टाहरूलाई सम्मान गर्दै सिर्जना वाचन

सभाध्यक्ष समाजका उपाध्यक्ष दीनानाथ पोख्रेल एवम् प्रमुख अतिथि वृहत्तर महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने हुनुहुन्थ्यो ।

Nepal Telecom ad

भक्तपुर ।

हराभरा जतातता सुकाव्य देख्न पाइयोस
फुली फली कली बनी समुच्च लेख्न पाइयोस्
गरेर नित्य साधना अगाडि बढ्न खोज्छ जो
थपक्क हात पक्डिँदै निसान रेख्न पाइयोस् ।।

भक्तपुर बुढ्यौली साहित्य समाजले तीनजना स्रष्टाहरूलाइ सम्मान गर्यो । जसमा चितवनबाट विदुर अधिकारी, भक्तपुरबाट विद्या अनामिका तिवारी र सोलुखुम्बुबाट अनन्तकुमार बस्नेत । बुबा अचानक बिरामी पर्नु भएकाले विदुर अधिकारी आउन सक्नु भएन । साथै भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको संयुक्त ३३ औँ रचनावाचन कार्यक्रम पनि सम्पन्न भयो ।

आजको कार्यक्रमको सञ्चालन सचिव जुनू घिमिरेले गर्नुभएको थियो । सभाध्यक्ष समाजका उपाध्यक्ष दीनानाथ पोख्रेल एवम् प्रमुख अतिथि वृहत्तर महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा गोविन्द घिमिरे वेदमणि, डा. सीता सुवेदी पन्थी, जीवनाथ अधिकारी लगायत अन्य अतिथि हुनुहुन्थ्यो ।

राष्ट्रिय गानबाट प्रारम्भ भएको कार्यक्रमको स्वागत समाजकी कोषाध्यक्षले गरेपछि स्रष्टा चिनारी अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीबाट भएको थियो र प्रमाणपत्र वाचन समाजका सदस्य आत्माराम न्यौपानेबाट भएको थियो । लगत्तै प्रमुख आतिथि, विशिष्ट अतिथि, सभापति, अध्यक्षसमेत भएर अनन्तकुमार बस्नेतलाई भक्तपुर बुढ्यौली साहित्य सम्मान २०८३ नगदसहित अर्पण गरियो ।

त्यसपाछे विद्या अनामिका तिवारीलाई कविराज घिमिरेद्वारा स्थापित हरिलीला घिमिरे स्मृति बुढ्यौली साहित्य सम्मान नगद सहित अर्पण गरियो । जुनू घिमिरेद्वारा स्थापित छत्रप्रसाद घिमिरे स्मृति सम्मान पुरस्कार २०८३ नगदसहित विदुर अधिकारीलाई उपयुक्त समय पारेर अर्पण गर्ने जिम्मा संस्थापकलाई नै जिम्मा दिइयो ।

सम्मानित तथा पुरस्कृत स्रष्टाहरुले बोल्दै आफूहरू थप जिम्वेवार बनेको र संस्थाप्रति अनुगृहीत भएको बताउनु भयो । त्यसक्रममा अनन्तकुमार बस्नेतज्यूले अनुष्टुप् छन्दमा पूरा संस्थाको चर्चासमेत गर्नुभयो।

यसपछि दोस्रो कार्यक्रम रचनावाचन प्रारम्भ भयो जसमा चेवन बस्नेत,जानुका गुरागाईं, दुण्डीराज पोख्रेल, चुडाप्रसाद चौलागाईं, ज्ञानराज सुवेदी, केशवराज खनाल, कृष्णप्रतार पौडेल जस्ताधरे, शिखरनाथ ढकाल बेलकोटे कवि, द्वारिकाप्रसाद चालिसे , दुर्गा घिमिरे, जीवनाथ अधिकारी, गोविन्द घिमिरे देदमणि, भावना न्यौपाने, राजन कार्की, राजकुमार श्रेष्ठ, ध्रुव गजुरेल, रामशरण न्यौपाडे, शर्मिला तिमल्सिना, केशव जवाली आगत, राजेन्द्रकुमार बज्राचार्य, सुनिता अधिकारी, रचना दाहाल, सम्पत काफ्ले, प्रिन्स प्रमोद, एमपी पाण्डे, पूजन मिश्र, कविराज घिमिरे, जुनू घिमिरे, गोविन्द घिमिरे वेदमणिले वाचन गर्नु भयाे ।

प्रमुख अतिथिबाट साहित्यका बारे विभिन्न कोणबाट चर्चा गर्दै भक्तपुर बुढ्यौली साहित्य समाजको प्रशंसा गर्नुभयो । लगभग अन्त्यमा ङा सीता जुवेदीबाट सबैलाई धन्यवाद ज्ञापन गर्दै मिठो कविता सुनाउनु भयो । आजका सभ्य श्रोतामा श्याम माकजू, विभा ओस्ती र अनुराग अरुण हुनुहुन्थ्यो । त्यसपछि सबैप्रति आभार व्यक्त गर्दै र पुरस्कृत व्यक्तिलाई बधाई दिँदै समाध्यक्षद्वारा कार्यक्रम समापन गर्नुभएकाे थियाे ।

०००
कविराज घिमिरे पुछारघरेकाे साैजन्यमा 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x