साइबर अपराध सम्बन्धी सचेतना सामग्री

“अन्तरिक्षको आँगन” को गृह विमोचन र अन्तरिक्षको आँगन सिर्जना उत्सव

निबन्धकार अनन्त अर्यालको अध्यक्षता तथा अग्रज स्रष्टा व्यक्तित्व विश्वप्रेम अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा "अन्तरिक्षको आँगन" निर्बन्ध- आलेख कृतिको लोकार्पण गरियाे ।

Nepal Telecom ad

वालिङ । निबन्धकार अनन्त अर्यालको पहिलो निर्बन्ध- आलेख तथा ५औँ साहित्यिक कृतिको रूपमा प्रकाशित २९ वटा समसामयिक निर्बन्ध- आलेखहरू समावेश गरिएको नवीनतम कृति “अन्तरिक्षको आँगन” को गृह विमोचन एवम विमर्श तथा अन्तरिक्षको आँगन सिर्जना उत्सव- २०८३ सम्पन्न भएको छ ।

“अन्तरिक्षको आँगन” निर्बन्ध- आलेख कृतिको गृह विमोचन एवम विमर्श तथा अन्तरिक्षको आँगन सिर्जना उत्सव- २०८३ गुप्ततारा स्मृति प्रतिष्ठान, वालिङ, स्याङ्जाको आयोजना तथा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ स्याङ्जाको सहकार्यमा वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न गरिएको थियोे ।

निबन्धकार अनन्त अर्यालको अध्यक्षता तथा अग्रज स्रष्टा व्यक्तित्व विश्वप्रेम अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा “अन्तरिक्षको आँगन” निर्बन्ध- आलेख कृतिको लोकार्पणपश्चात् प्रस्तुत निर्बन्ध- आलेख कृति र निबन्धकार अनन्त अर्यालको व्यक्तित्व र निर्बन्ध- आलेख लेखनमाथि केन्द्रित रहेर वक्ताहरू दीपक लम्साल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, यामबहादुर कुँवर र चक्रबहादुर पराजुलीद्वारा समीक्षात्मक मन्तव्य प्रस्तुत गरिएको थियोे भने निबन्धकार अनन्त अर्यालद्वारा निर्बन्धीय मन्तव्य प्रस्तुत गरिएको थियो ।

वालिङ नगरपालिका- १४, गाएडाँडा, स्याङ्जामा २०२३ पौष १९ गतेका दिन बुवा गुप्तप्रसाद अर्याल र आमा तारादेवी अर्यालको कोखबाट जन्मिएका निबन्धकार अनन्त अर्याल हाल जनसेवा माध्यमिक विद्यालय, वालिङ- १४, डुम्रेभञ्ज्याङ्, स्याङ्जामा प्रधानाध्यापकको रूपमा कार्यरत रहेर नेपाली साहित्य सिर्जनामा विशेष रूपमा क्रियाशील छन् । तीलाकुमारी स्मृति साहित्य पुरस्कार (२०६०) र भेषजविन्दु साहित्यिक पुरस्कार (२०८२) लगायतका पुरस्कारद्वारा पुरस्कृत अर्याल गुप्ततारा स्मृति प्रतिष्ठान, वालिङ, स्याङ्जाका अध्यक्ष हुन् ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौँबाट स्नातकोत्तर (एम. ए., एम. एड.) तहसम्मको औपचारिक अध्ययन पूरा गरेका अनन्त अर्यालको “अन्तरिक्षको आँगन” निर्बन्ध- आलेख कृति ५औँ साहित्यिक कृति हो । सुन्दर स्वदेश प्रकाशनद्वारा प्रकाशित र युवा स्रष्टा मिलन समीरद्वारा सम्पादित प्रस्तुत कृतिमा २९ वटा समसामयिक निर्बन्ध- आलेखहरू समावेश गरिएको छ ।

युवा स्रष्टा शम्भु अर्यालद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीरद्वारा गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरण अर्थात् “अन्तरिक्षको आँगन सिर्जना उत्सव- २०८३” मा चिन्तु गिरी, लेखनाथ काफ्ले, नीलकण्ठ लम्साल, सीताराम अधिकारी, अग्निकुमार रेग्मी पल्लव, प्रेमबन्धु सुवेदी, लीलाम्बर ढुङ्गाना, शोभाकान्त रेग्मी, गुरुप्रसाद ढकाल, पारिश्वर न्यौपाने, खगेन्द्रजंग थापा, इन्द्रप्रसाद पाठक, प्रेमप्रसाद सुवेदी, विनुप्रसाद पराजुली, वसन्त खनाल, कमल बगाले, चण्डिकाप्रसाद भट्टराई र डिल्लीराम भण्डारी लगायतका स्याङ्जाली स्रष्टाद्वारा आफ्ना उत्कृष्ट सिर्जना प्रस्तुत गरिएको थियो भने उदय श्रेष्ठ र लक्ष्मीपति पौडेलद्वारा शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो ।

०००
मिलन समीरकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x