साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दासी होइन नेपाली

कहाँ भेटिन्न नेपाली खोज विश्व बजारमा शान्ति सद्भावना फुल्ने फूलका दिव्य हारमा । ऊ यत्रतत्र सर्वत्र संसारभर छाउँछ दासी होइन नेपाली कर्मयोगी भनाउँछ ।।

Nepal Telecom ad

उत्तम विचार :

भोकै मर्दैन नेपाली खान्छ ऊ कर्मको फल
आलस्यमा हुँदै हैन झिक्छ जाँगरिलो बल ।
मास्न जान्दैन अर्काको बस्ने घर बनाउँछ
दासी होइन नेपाली कर्मयोगी भनाउँछ ।।१।

थुप्रै सम्भावनाका छन् चाङ यो देशमा तर
जान बाध्य भए आज छोडेर देश बाहिर ।
राष्ट्रको प्रेम जागेर फर्केर घर आउँछ
दासी होइन नेपाली कर्मयोगी भनाउँछ ।।२।

पैसामा बेचिने वस्तु किन्तु होइन मानव
दलाली नित्य चल्दै छ भोज भतेर उत्सव ।
छ व्यस्त गन्नमै राज्य जो विप्रेषण पाउँछ
दासी होइन नेपाली कर्मयोगी भनाउँछ ।।३।

आर्जेको वीर पुर्खाले पढ्छ ऊ इतिहासमा
राष्ट्र निर्माणको भोक लिई तड्पिन्छ प्यासमा ।
सन्तान वीरको भन्छ वीरकै गान गाउँछ
दासी होइन नेपाली कर्मयोगी भनाउँछ ।।४।

कहाँ भेटिन्न नेपाली खोज विश्व बजारमा
शान्ति सद्भावना फुल्ने फूलका दिव्य हारमा ।
ऊ यत्रतत्र सर्वत्र संसारभर छाउँछ
दासी होइन नेपाली कर्मयोगी भनाउँछ ।।५।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x