साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुपचाप !!!

चुप हुन् रसना चुपचाप मुख छ भने चुप आदत मिल्छ सुख । कति घातक हुन्छ भुली बबुरो अब डाँक ठुलो नगरोस् कुखुरो ।।

Nepal Telecom ad

उत्तम विचार :

चुपचाप तिमी चुपचापछु म
र कुरा नगरीकन बस्दछु म ।
चुपचाप समाज हुनेछ घर
चुप गाउँ रहुन् चुप हुन् सहर ।।१।

नगरेर कुरा यदि काम भए
किन फ्याँक्नु गरेर कुरा समय ।
अघि बढ्दछ फाइल टेबुलमा
सब शान्त बसून् नबसी हुलमा ।।२।

छ नदी चुपचाप किनार मौन
परिवर्तन गर्दछ धार मौन ।
छ बतास उसै चुपचाप भने
किन मानिस हुन् जहिल्यै गफिने ।।३।

चुप हुन् रसना चुपचाप मुख
छ भने चुप आदत मिल्छ सुख ।
कति घातक हुन्छ भुली बबुरो
अब डाँक ठुलो नगरोस् कुखुरो ।।४।

जब शान्त प्रशान्तछ सागर त्यो
उति शान्त उँचो जति अम्बर त्यो ।
चुपचाप घना बनजङ्गल छन्
चुपचाप हुने शुभमङ्गल हुन् ।।५।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल

मोबाइल

उत्तम विचार
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x