साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुके लुतो !

हजार दाउ हजार पाउ छन् भ्रष्ट लुतोका वर्तमानमा नै लुटेर खायो भविष्य भूतोका । अगुल्टा बाल जोडले फाल सिमाना नघाऊ यो राष्ट्र लुतो हुनेछ मुक्त निसाना लगाऊ ।।

Nepal Telecom ad

उत्तम विचार :

पोहोर लुतो फ्याँकिनँ मैले फ्याँकिन परार
आनन्द लिई बसेको थिएँ मजाले कन्या र ।
लुतोले डस्यो शरीर मेरो लुतोले गलायो
भन्दछिन् आमा यो लुतोप्रति वितृष्णा पलायो ।।१।

हुन् भ्रष्ट जाली मुलुक खाने पापिष्ठ लुतेरा
सुगन्ध छर्ने माहुरी हैनन् हुन् गन्धे पतेरा ।
अड्किन्छ गला पार्नेछ थला लुतेराले ङ्याँके
फैलिन्छ लुतो यो देशभरी यो लुतो नफ्याँके ।।२।

कन्यायो जति मजाछ उति भनेर नबस
यो पापी लुतो नफ्याँकी हुन्न चलाऊ बहस ।
उठन दाजु उठन भाई लुतोका विरुद्ध
उठन युवा नगरी ढिलो छेड्नुछ यो युद्ध ।।३।

हजार दाउ हजार पाउ छन् भ्रष्ट लुतोका
वर्तमानमा नै लुटेर खायो भविष्य भूतोका ।
अगुल्टा बाल जोडले फाल सिमाना नघाऊ
यो राष्ट्र लुतो हुनेछ मुक्त निसाना लगाऊ ।।४।

पुरानो लुतो शरीरभरी फैलियो देशमा
लुतो नै लुतोछ सल्किएको भाषा र भेषमा ।
नपाल लुतो र फाल लुतो के काम पालेर
रहित लुतो बनाऔँ देश यही नै धन हो
लिएर स्वस्थ शरीर बाचौँ नेपाली जन हो ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x