साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोसी निली भोग अघाउँदै

किरा फट्याङ्ग्रासरि मर्नु हुन्न फुल्नै नपाई कलि झर्नु हुन्न । सम्मोह यो जीवनले भगाओस् र मोह बाँच्ने सबमा जगाओस् ।।

Nepal Telecom ad

उत्तम विचार :

लड्दै थिईन् क्यान्सरकी बिमार
बोकेर भार्या पति छन् सबार ।
हावा बिनै तीब्र चलेर आँधी
लिए दुबैले जलमा समाधि ।।१।

यो हाल सर्वत्र धुवाँ समान
छ फैलिँदै रात हुँदा बिहान ।
अमूल्य चोला जलमा मिलाई
डाक्दै छ मान्छे किन काललाई ।।२।

लागेन केही उपचार गर्दा
भन्दै समाधान दिँदैन मर्दा ।
लामो छ चोला किन ठान्नु अल्प
मर्नु हुँदै होइन त्यो विकल्प ।।३।

दु:खी म जस्ता कति छन् भएका
रोगी बनी घाउ स्वतम् सहेका ।
हेर्दै नहेरीकन मर्न आएँ
रहेछ यो भार भनी बिसाएँ ।।४।

कोसी निली भोग अघाउँदैन
रुँदैन ऊ आँसु बगाउँदैन ।
बग्छन् सयौँ लास बनेर ज्यान
बन्दै छझैँ रक्तिम त्यो मुहान ।।५।

आए चुनौती चुपचाप टर्थ्यो
हतारमा ज्यान नफाल्नुपर्थ्यो ।
विद्रोह हो यो कसरी भनूँ म
बाँचेर लाचार त्यसै बनूँ म ।।६।

किरा फट्याङ्ग्रासरि मर्नु हुन्न
फुल्नै नपाई कलि झर्नु हुन्न ।
सम्मोह यो जीवनले भगाओस्
र मोह बाँच्ने सबमा जगाओस् ।।७।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल

मोबाइल

उत्तम विचार
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x