फित्काैली डटकमस्रष्टा सम्मान पुरस्कार वितरण र रचना वाचन सम्पन्न
भाषा आयोगका माननीय सदस्य मातृका पोखरलको प्रमुख आतिथ्यतामा गरेको सो कार्यक्रममा कार्यक्रममा प्राज्ञिक स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
उदयपुर । उदयपुरको गाईघाटमा आइतबार ४ प्राज्ञलाई सम्मान र १ जना महिला स्रष्टालाई पुरस्कार सहित सम्मान गरिएको छ ।
उदयपुर साहित्य कला प्रतिष्ठानले आफ्नो दाश्रो अधिवेसन तथा पाँचौँ साधारणसभाका अवसरमा भाषा आयोगका माननीय सदस्य मातृका पोखरलको प्रमुख आतिथ्यतामा गरेको सो कार्यक्रममा कार्यक्रममा प्राज्ञिक स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो । यसरी सम्मानित हुनेहरुमा भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल, प्राज्ञहरु विवश पोखरेल, खेम नेपाली, प्रा डा खेमराज खनाल रहनु भएको छ ।
यस्तै प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गरिने शिवलोक साहित्य पुरस्कार प्रणाम सगरमाथा नियात्रा कृतिकी लेखिका भवानी खतिवडालाई सम्मानपत्र र नगद रु सातहजार सातसय सतहतर सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
प्रमुख अतिथि मातृका पोखरेलले सो कार्यक्रममा मन्तव्य दिनु हुँदै नेपाली भाषा, साहित्य कला संस्कृतिको क्षेत्र भनेको मोफसलको क्षेत्र रहेको हुँदा सरकारले पनि यसतर्फ खर्च नगरेको तर समाज बुझ्नकालागि भने भाषा साहित्य कला संस्कृतिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।
प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेका अनुसार उदयपुरका चार प्राज्ञिक स्रष्टालाई सम्मान गर्ने कार्यक्रम मिलाइएकोमा प्राज्ञ सञ्जय वान्तवा, डा तारामणी राई र बुलु मुकारुङ आफ्नै कार्यव्यस्तताले गर्दा उपस्थित हुन सक्नु भयन भने मातृका पोखरेल प्रमुख अतिथिका रुपमा उपस्थित हुनु भै सम्मान ग्रहण गर्नु भएको छ ।
कार्यक्रममा उद्धव घिमिरे, गोपाल कीर्ति, गोठकृष्ण ठकुरी जीवन आरोही, गंगा पहाडी, सुमि पोखरेल, बिराटनगरका स्रष्टा हरि कट्ट्ल, शैलेन्द्र घिमिरे, विवश पोखरेल, खेम नेपाली, सुनसरीका प्रा. डा. खेमराज खनाल लयायतकाले कविता वाचन गरेका थिए । त्रियुगा सङ्गीत विद्यालयका निर्देशक शैलेन्द्र खतिवडा, उप निर्देशक रमेश ढुङ्गाना तथा भाइ वहिनीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
दोश्रो अधिवेसनले डा कैलाश कुमार राईको अध्यक्षतामा १७ सदस्यीय कार्यससमिति चयन गरेकोछ । जसको उपाध्यक्षमा बासुदेव पोखरेल, महासचिवमा माधव पोेखरेल गोज्याङ्ग्रे सचिवमा सरिता पौडेल गुरागाई ,कोषाध्यक्षमा हरि विनोद खतिवडा रहनु भएको छ ।
यसैगरी वरिष्ठ सदस्यहरुमा कवित तथा गीतकार महेन्द्र राई, उदयपुरका पहिलो कथाकार शारदा प्रसाद भट्टराई, रविन्द्रराजा शाही तथा सदस्यहरुमा खण्डकाव्यकार हिमालय पौडेल, कवि तथा कथाकार कुमार कोइराला, कवि तथा उपन्यासकार भीम घाँसे, कीर्तिबहादुर खड्का, अध्यात्मवादी लेखक देवेन्द्र पोखरेल, गीत संगीत साधक सीमा कुमारी मास्के, विष्णु खडका, चन्द्र नारायण चौधरी, र ललितकलाका हस्ती टङ्क बहादुर आले मगर रहेका छन ।
सो अधिवेसनले सल्लाहकार समितिको संयोजकमा महाकाव्यकार उद्धव घिमिरे, हर्कनारायण श्रेष्ठ, गोपाल हुमागाई, शैलेन्द्र खतिवडा, गोपालकृष्ण तिम्सिना, गङ्गा पहाडी, सुमित्रा पोखरेललाई चयन गरेको छ ।
०००
माधव पोखरेल गोज्याङ्ग्रेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































