साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाइराइड हास्यव्यङ्ग्य पुरस्कार- २०८३ का लागि निबन्ध आह्वान

सूचनाअनुसार खाइराइड हास्यव्यङ्ग्य पुरस्कार चार जनालाई प्रदान गरिनेछ। पुरस्कारको राशि प्रथम - रु २०,००० (बीस हजार), द्वितीय - रु १०,००० (दस हजार) र तृतीय (दुई जना) - जनही रु ५,००० (पाँच हजार) रहेकाे छ ।

Nepal Telecom ad

काठमाडाैं । ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार – २०८३’ का लागि बाङ्गा अक्षर हास्यव्यङ्ग्य समूहले निबन्ध आह्वान गरेकाे छ ।

नेपाली हास्यव्यङ्ग्य साहित्यमा विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षदेखि ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’ शुरूवात भएकाे हाे ।

पुरस्कारको व्यवस्थापन हरेक वर्ष बाङ्गा अक्षरले गर्ने गरेको छ। बाङ्गा अक्षरले एक सूचना प्रकाशित गरी ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार – २०८३’ का लागि निबन्ध आह्वान गरेकाे छ । उक्त पुरस्कारको स्थापना खाइराइड हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहका लेखक राजेन्द्र कार्कीले गरेका हुन्।

सूचनाअनुसार खाइराइड हास्यव्यङ्ग्य पुरस्कार चार जनालाई प्रदान गरिनेछ। पुरस्कारको राशि प्रथम – रु २०,००० (बीस हजार), द्वितीय – रु १०,००० (दस हजार) र तृतीय (दुई जना) – जनही रु ५,००० (पाँच हजार) रहेकाे छ ।

सूचना अनुसार हास्यव्यङ्ग्य निबन्ध प्रतियोगितामा भाग लिनका लागि निम्न बमोजिमका शर्तहरू पालना गर्नुपर्नेछ:

१. प्रतियोगितामा कक्षा १२ सम्म अध्ययन गर्ने जुनसुकै देशका नेपाली भाषी विद्यार्थीले भाग लिन सक्नेछन्। भाग लिने विद्यार्थी कुन कक्षामा पढ्दै गरेको हो भन्ने जानकारीका लागि विद्यालयका प्रधानाध्यापक वा प्रिन्सिपलद्वारा लेखिएको सिफारिसपत्र निबन्धसँगै पठाउनुपर्नेछ।

२. हास्य र व्यङ्ग्यको सन्तुलनसहित निबन्ध मौलिक हुनुपर्नेछ।

३. निबन्ध बढीमा १५०० शब्दको हुनुपर्नेछ।

४. निबन्ध देवनागरी लिपिमा टाइप गरेर पठाउनुपर्नेछ। निबन्ध भाषिक रूपमा शुद्ध हुनुपर्नेछ।

५. एआई प्रयोग गरिएको वा चोरी गरिएको एवं अरूलाई लेखाइएको निबन्धलाई प्रतियोगितामा समावेश गरिने छैन।

६. निबन्ध जुनसुकै विषयमा पनि लेख्न सकिनेछ। निबन्धले प्रवृत्तिलाई व्यङ्ग्य गरेको हुनुपर्नेछ; तर कुनै व्यक्ति, जात, धर्म, वर्ण, सम्प्रदाय र लिङ्गलाई व्यङ्ग्य वा गालीगलौज गरिएको निबन्ध स्वीकार्य हुनेछैन।

७. एक प्रति फोटो र छोटो व्यक्तिगत विवरणसहित निबन्ध असोज १४, २०८३ अर्थात् सेप्टेम्बर ३०, २०२६ सम्ममा बाङ्गा अक्षरको इमेल ठेगाना bangaakshar@gmail.com मा पठाउनुपर्नेछ।

८. निबन्ध पठाउँदा MS Word फाइलमा पठाउनुपर्नेछ।

९. प्रतियोगितामा सहभागी विद्यार्थीहरूले हास्यव्यङ्ग्य लेखनलाई निरन्तरता दिनेछन् भन्ने बाङ्गा अक्षरले अपेक्षा राखेको छ।

धेरैभन्दा धेरै विद्यार्थीहरूलाई यो प्रतियोगितामा भाग लिन प्रेरित गरिदिनुहुन अभिभावकहरू, साहित्यानुरागी र सम्बद्ध सम्पूर्णमा बाङ्गा अक्षर विनम्र अनुरोध गर्दछ। आफ्ना सम्पर्कमा रहेका विद्यालय र विद्यार्थीहरूमाझ यो सूचना उपलब्ध गराइ दिनुहुनसमेत बाङ्गा अक्षर अनुराेध गरेकाे छ ।

प्रतियोगिताका लागि प्राप्त भएका निबन्धहरू बाङ्गा अक्षरद्वारा मनाेनित निर्णायक मण्डलले अध्ययन गरेर उत्कृष्ट रचनाहरू पुरस्कारका लागि सिफारिस गर्नेछ। पुरस्कार एक कार्यक्रम आयोजना गरी अर्पण गरिनेछ।

गत वषकाे प्रतियाेगितामा पुरस्कृत निबन्धहरू फित्काैली डटकममा क्रमैसँग प्रविष्ट गरिएकाे थियाे । यस वर्षकाे प्रतियाेगितामा पनि पुरस्कृत हुने निबन्धहरू फित्काैली डटकममा प्रविष्ट गरिनुका साथै तिनका लेखक वा लेखिकालाई फित्काैलीद्वारा प्रकाशित हास्यव्यङ्ग्य कृतिहरूकाे सेट प्रदान गरिने भएकाे छ ।

०००
नारायण भट्टराईकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x