साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

भाग्य कहिल्यै नबिक्ने भयो निधारमा राखेर मलाई बेचियो पैसाका लागि उपहारमा राखेर सायद वन्धकी सपनाहरू निखन्न आएको हुँ अस्पतालमा बाआमालाई उपचारमा राखेर ।

Nepal Telecom ad

प्रमुना पौडेल ‘अदृश्य मन’ :

१.
कलमकाे साथमा कहानी बेच्नेहरू
धेरै छन् यहाँ जानिनजानी बेच्नेहरू
कसैकाे बाध्यता त कसैकाे रहरले हाेला
भेटिन्छन बजारमा जवानी बेच्नेहरू ।

२.
गुलाव दिएर मुटु लिंदा अचम्म लाग्छ
मुख बिग्रिन्छ छाेरी जन्मदा अचम्म लाग्छ
ढाेका फेरिन्छ अनि झ्याल फेरिन्छ यहाँ
अरे घरको घरको निदाल मक्किँदा अचम्म लाग्छ ।

३.
भाग्य कहिल्यै नबिक्ने भयो निधारमा राखेर
मलाई बेचियो पैसाका लागि उपहारमा राखेर
सायद वन्धकी सपनाहरू निखन्न आएको हुँ
अस्पतालमा बाआमालाई उपचारमा राखेर ।

४.
महलमा बस्नेहरू पनि कहिले अघाउँछन् हाेला
सरकार गरिबको झुपडीमा कहिले आउँछन् होला
बाँदरहरू कहिले यता कहिले उता दौडिरहन्छन्
यी बाँदरले आफ्नो घर कहिले बनाउँछन् होला ।

०००
रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x