प्रमुना पाैडेल ‘अदृश्य मन’तीन ठाेक्तक
अलिकति त बजारमा भाउ मेरो पनि छ भाडामा बस्छे भनेर नहेप ए घरबेटी बा अरे, सानो घर सुन्दर गाउँ मेरो पनि छ ।
प्रमुना पौडेल (अदृश्य मन) :
१
बेलाबेलामा बल्झिने घाउ मेरो पनि छ
तिम्राे जास्तै दिलको तलाउ मेरो पनि छ
सधैं पाखे भनेर नबाेलाउ भाे मलाइ
बा आमाले राखेको नाउँ मेरो पनि छ ।
२.
बिग्रियो मति भट्टी छिरेपछि
के हुन्थ्यो प्रगति भट्टी छिरेपछि
अब त गोजीमा एक रुपैयाँ छैन
सिकयाे सारा सम्पति भट्टी छिरेपछि ।
३.
यो मुटुमा चोट सहने ठाउँ मेरो पनि छ
अलिकति त बजारमा भाउ मेरो पनि छ
भाडामा बस्छे भनेर नहेप ए घरबेटी बा
अरे, सानो घर सुन्दर गाउँ मेरो पनि छ ।
०००
रामेछाप
Subscribe
Login
0 Comments
Oldest





































