साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अलगअलग बाटो

म लाचार भएको छु तर पनि म बाँचेर के नै गर्छु भन्ने सोचमा डुबेँ मृत्युको सत्यले मलाई बाँच्नु पर्ने आँट दियो ।

Nepal Telecom ad

श्याम प्रधान :

के रहेछ जिन्दगी
एक छिन अघि कुरा गर्दै थियौँ
कुरा नटुङ्गिदै
खोई कता हरायो
तिम्रो त्यो वाणी
तिम्रो त्यो शक्ति
एकछिन त म अलमलमा परेँ
विज्ञानले दिएको सुबिधा
प्राविधिक कारण बन्द भयो
कि सोचेँ
मेरो अनुमान गलत भयो
तिमी त विज्ञान भन्दा पर पुगेछौ
पर पनि धेरै पर
फेरि नआउने गरी पर पुगेछौ
मसँग कहिल्यै नभेट्ने गरी
बिदा पो लिएको रहेछौ

क्षणभरमै अनेकन समाचारले
मोबाइल भरिन थाल्यो !

तिमी उभिएको धरती त
आफै महाविपत्तिमा डुबेको रहेछ
बाढीमा पो बिलाएको रहेछ

नपत्याउनु मेरो भ्रम
मैले त्यही भ्रममा सत्य खोज्ने प्रयास गरे
के तिमी आउन्नौ
र साँच्चै कहिल्यै आउन्नौ

विधिको विधान अगाडि
तिमी लाचार भएका थियौ
म लाचार भएको छु

तर पनि म बाँचेर के नै गर्छु
भन्ने सोचमा डुबेँ
मृत्युको सत्यले मलाई
बाँच्नु पर्ने आँट दियो

आखिर हामी मर्न त जन्मिएका हौँ
आफ्नै सानो संसारको निर्माण गरेर
नफर्किने गरी जानु त छ नै
अलग अलग बाटो भएर !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x