उत्तम विचारपशुको पुकार
देवीलाई खुसी पार्न चढाउँछन् वली हाम्रो ज्यान जान्छ त्यसै अकालमा ढली । खोलो बग्छ रगतको पानी बगे सरी त्याग गर्नुपर्ने सधैँ पशुले नै मरी ।।
उत्तम विचार :
मानिसको सुध्रेन बानी, कैले भन्छौ भो मासु नखानी।।
तिम्रा लागि दसैँ होला हाम्रा लागि दशा
छोडे हुन्थ्यो मानिसले मासुको यो नसा ।
छ्याप्प काटी ज्यान लिन्छौ मुला काटे सरी
त्याग गर्नुपर्ने सधैँ पशुले नै मरी ।।
मानिसको सुध्रेन बानी, पशुको झन् बढ्दोछ हैरानी ।।
देवीलाई खुसी पार्न चढाउँछन् वली
हाम्रो ज्यान जान्छ त्यसै अकालमा ढली ।
खोलो बग्छ रगतको पानी बगे सरी
त्याग गर्नुपर्ने सधैँ पशुले नै मरी ।।
मानिसको सुध्रेन बानी, त्यसले त बढ्दोछ हैरानी ।।
शाकाहारी बन्नुपर्छ छोडौँ मासु खान
भन्ने नारा उरालेर लिन्छन् हाम्रो ज्यान ।
हाम्रा लागि बोलिदिने नभएर कोही
बाँचेकाछौं सारा पशु धुरुधुरु रोई ।।
मानिसको सुध्रेन मति, कैलेसम्म भोग्नु यो दुर्गति ।।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































