साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोडर्न ड्रेस

के देख्छ ए देशी गोरो ? अहिले जथाभावी नबोल। मित्तरी नानीको रिस तेरो पुन्टे टाउकोमा ट्याङ ट्याङ  बज्रेला नि । कसरी बज्रेला रे ?

Nepal Telecom ad

इन्द्रकुमार श्रेष्ठ सरित :

(आलिशान घरको शानदार बैठकमा शिवप्रसाद छटपटिएर टहलिरहेका हुन्छन् । छटपटीमा सिगारको धुँवा प्याक प्याक मुख पार्दै उडाएको देखिन्छ । त्यही बेता नाथुरामले शिवप्रसादका लागि कफी लिएर आईपुग्छ ।)

शिवप्रसाद : ए नाथुराम । तेरी मालिक्नी अझै तैयार भएकी छैनन् ? হল, दुलहीलाई तैयार हुन पनि योविधि समय त लाग्दैन त, ही। त्यो बूढो अनुहारमा पनि लाली पाउडर कति घरन सकेको ? किरिम कति पोत्न सकेको ? कतै जाउँ भन्यो भने कहिल्यै समयमा निस्किन पाइन्न। समयमा घरबाट निस्किन नपाएसी समयमा कहीं कतै के पुगिन्थ्यो र? कहिले मेकअपले दिलो, कहिले ड्रेसले दिलो । (चिसो उच्छवास छाड्छ शिवप्रसाद)

नाथुराम : कहाँ मालिक । मालिक्नीलाई कौनु ढेरेस मन परेको छैन । तेसैले सारी काटेर छोटो छोटो नयाँ ढेरेस सिलाउँछ मालकिन्न । (बोली समाप्तीसँगै दुब्लो होचो ज्यानको नाथुराम सेता दात देखाएर ङिच्च हास्छ ।)

शिवप्रसाद : (आश्चर्य मान्दै), हन कस्तो ड्रेस हो त्यो देशकाती सारी काटीकाटी सिलाएर लाउनुपर्ने ? उमेरको त अलि ख्यात गर्नुपर्छ । अनुहार हेन्यो भने एक माना तोरी छर्न मिल्ने चाउरी परेको छ । ड्रेस चाहिँ सारी काटी काटी छोटो छोटो छोटो ड्रेस लाउनुपर्ने । यी अधवैशेको उत्ताउला घाला देखेर ठिटाहरू पनि अलमल्ल पर्दा हुन् । अलमलमा त हामी बूढाहरू नै पर्ने भैसक्यौ । काः छुयाय्गु छुयाय्गु । (दिक्क मान्दै ठूलो स्वरले कराउँछ) यः मिसरी नानी। याकन वा ले।

नाथुराम : (आफैसँग मसक्क मस्किँदै) मालिक, नयाँ ढेरेस लाएपछि त अथी वो देख्छ न (हिहिहि)

शिवप्रसाद : के देख्छ ए देशी गोरो ? अहिले जथाभावी नबोल। मित्तरी नानीको रिस तेरो पुन्टे टाउकोमा ट्याङ ट्याङ
बज्रेला नि । कसरी बज्रेला रे ? (क्रोधपूर्ण मुद्रामा) ।

नाथुराम : (हाँसू कि रोउँको भावमा, अलि डराएजस्तो पनि देखिन्छ ।) नयाँ ढेरेस लगाउँदा (आतिन्छ) मालिक अभी वो छाती, नाइटो र विगरा देख्ने डेरेस नै राम्रो लाग्छ मातिकिनको । तेसैले मालकिन वोही डेरेस सिलाउँछ कि ? (हिहिहि)

शिवप्रसाद : धत् । फटाहा । सतुवा । घोती। जा भो यहाँ धेरै नकरा तेरै इण्डियातिर गएर करा ।

नाथुराम : (मालिकलाई हेर्दै सुस्तरी) विहार छुटिगयो त सतुवा पनि छुटिगयो। अब त हामी पनि हजुरजस्तै नेपाली नैसक्यो न. मालिक । अब त हाम्रो नेपाली नागरिकता तिनुछ, मालिक । हजुरको नेताजीलाई भर्नर हावो नागरिकता बनाइदिनुस्, मालिक । म पनि शादी ब्या करेर अब नेपालमै बस्ने हो ।

(शिवप्रसाद छटपटिएर ओहोर दोहोर गरिरहन्छ । बेला बेलामा नाथुरामलाई गाली गरेजस्तो नबुझिनेगरी भुतभुताउँछ । घरी घरी मिसरी नानी आउने बाटोतिर पनि हेर्छ ।)

शिवप्रसाद : (घरै थर्किनेगरी ठूलो स्वरमा कराउँछ) य निसरी नानी। छ वनेगु मखुला ? याकन वा। गुली वास्या वास्या । (त्यहीबेला अर्धनग्न पोशाकमा एकजना प्रौढा भन्न मिल्ने उमेरकी महिलाको प्रवेश हुन्छ ।)

शिवप्रसाद : छिःछिःछिः। य मा. बूढेशकाला पनि के यस्तो ड्रेस लाकी मिसरी नानी। भो, कट्ट सारी लाएर आऊ । है है, याकन हुँ। का, हजुरआमाको उमेरको मान्छेले नातिनीको उमेरको ड्रेस लार पनि हुन्छ ? मान्छेहरूले बूढी घोडी लाल लगाम भन्दैनन् ?

मिसरी नानी : य बुरा कटी बोलेको कटी ?

शिवप्रसाद :  य मिसरी चा, जाऊ न जाउ, अर्को ड्रेस फेरेर आऊ, मलाई धेरै नतडपाऊ ।

मिसरी नानी :  (आँखीभौ नचाएर । शिवप्रसाद र नाथुरामको अघिल्तिर क्याटवाक गरेझैं बटारिएर हिँड्दै) टिमी पो बुरा भयौ, शिव । म ट ऐले पनि स्वीट सिक्सटिन ने डेखिन्छु । ल. नधाँती भन त, के यो ड्रेसमा म जूही, मनिषा, माधुरीभन्दा कम देखिन्छु र ? (शिवप्रसादतिर उपेक्षाको भावले हेर्दै) यो ड्रेस त मोर्डन ड्रेस हो, डार्लिङ।

शिवप्रसाद : (आफ्नै कपाल लुछ्दै) यो मोर्डन ड्रेस हैन, मिसरी नानी, यो त लाजमर्नु ड्रेस हो ।

निसरी नानी : (उत्ताउलो हाँसो हाँस्दै) कम अन डार्लिङ । लेट्स गो टु द पार्टी ।

(शिवप्रसादले नाई नाइँ भनिरहेका हुन्छन् भने मित्तरी नानीले वै कम अन डार्लिङ भन्दै घिसारिरहेकी हुन्छिन् ।)

०००
जनमत – २४३ (२०८३ असार)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
गुनकेशरी

गुनकेशरी

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
काल्या बाउको कसम ! म पनि सांसद बन्छु

काल्या बाउको कसम !...

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
चम्पाकली हिँडी जुलुसमा

चम्पाकली हिँडी जुलुसमा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
मोर्डन ड्रेस

मोर्डन ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
रङ फेर्ने छेपारो

रङ फेर्ने छेपारो

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
0
Would love your thoughts, please comment.x
()
x