इन्द्रकुमार श्रेष्ठ ‘सरित’चम्पाकली हिँडी जुलुसमा
आज त त्यो हिरोजस्तो सांसदको हातै समाएर आई लभ यु भनिदिन्छु । आगोको राप भेटेपछि ध्यू कसो नपग्लेला र ? पक्कै पग्लिन्छ पग्लिन्छ । मम्, ल म हिँडे प्रेम युद्धमा ।

इन्द्रकुमार श्रेष्ठ सरित् :
(साधारण बैठक कोठा । पुरानो सोफा, पुरानो रङ्गिन टिभी र एउटा सानो बुक सेल्फ देखिन्छ । भित्ताभरि चारैतिर भारतीय चलचित्रका नायकनायिकारुको बडेमानको पोष्टर टाँसिएको देखिन्छ ।)
साधारण धोती र चोलो लगाएकी एउटी अधबैसे महिला अर्थात् मीठाईदेवीले घरको सरसफाई गरिरहेको बेलामा एउटी नवयौवना अर्थात् चम्पाकली आधुनिक पोशा र उत्ताउलो शृङ्गारमा आप्mनी आमा अर्थात् मिठाईदेवी सामुँ आईपुग्छिन् ।)
मीठाईदेवी —(सफाईको छाडेर छोरीलाई नियाल् दै) सहराँ जुलुस, हडताल र कर्फ्यु छ, यसैबेलामा सोर सिंगार गरेर काँ’ जान लागेकी ?
चम्पाकली — (ठसक्क ठस्किँदै) जुलुस हो कि हडताल मलाई के मतलब ? मेनका, उर्वशी र रम्भाभन्दा राम्राी भएर म जुलुसमा नारा लाउन जान लागेकी हो र ? आई हेट पोलिटिक्स । हुँँह ।
मीठाईदेवी — तेसो भए मेनका, उर्वशी र रम्भाभन्दा पनि राम्री भएर मैसाबको सवारी कता नि ? इन्द्रको सभामा त हैन होला ? कि कुनै मधुकरले वायुपंखी घोंडा लिएर आउन लाग्या छन् मैसाबलाई लिन ? कि कसो हो मैसाब ।
चम्पाकली — (झस्किँदै) ह्या : जुलुसमै जान लाग्या हो क्याः । अब के को इन्द्रसभा न मधुकर ।
मीठाईदेवी — (रिसाएर झम्टिन खोज्दै) बौलाइस कि क्या हो इन्द्रकी अप्सरा । – (एकक्षण गमेर) घरी जुलुसमा जान लाग्या भन्छे त घरी जुलुसमा जान लाग्या हैन भन्छे । अई नखरमाउली, तैंले भन्न के खोज्या हाँ ?
चम्पाकली — छ्याः यो मम् पनि तेस्सै रिसाउनुपर्ने क्या, जुलुसमा जाने भन्द्रैमा म कुनै पार्टीको झण्डा बोक्न जान लाग्या हो र ?
मीठाईदेवी — तब के गर्न जान्या लाग्या त ? नाच्न कि गाउन ? कि नेताहरुको अनुहार हेर्न ।
जुलुसमा जाँदैमा, नेताको अनुहार हेर्दैमा हाम्रो गरीबी हट्छ ? तिनले हामीलाई खान दिन्छन् ? लाउन दिन्छन् ? कि तलाई कुनै जागीर दिन्छन् ? के दिन्थे तिनले जागीर । जागीर त तिनले आप्mनै छोराबहारी, छोरीज्वाईं, भान्जाभान्जी, नातागोतालाई
मात्र दिन्छन् । हामी जनता त तिनको भोट ब्याङ्कमात्र हौं । भो, पर्या छैन जुलुस सुलुसमा जान । घरमै थच्ची घरमै मच्ची ।
चम्पाकली — जुलुसमा जाँदाजाँदै एकजना नेतासँग आप्mनो इलु इलु पर्लाजस्तो भा’छ । तेसैले पो जुलुसतिर धा’को त ।
मीठाईदेवी — हन क्या हो यो इलु इलु भनेको ? खानेकुरा हो ? नानी, मीठो खानेकुरा होभने मलाई पनि ल्याई दे है । मीठो खानेकुरा नखाको त जुग बित्यो त । ए नि लै लै । ए नानी, यो इलु इलु देखिनु चैं कस्तो देखिन्छ ? ए नानी, यो इलु इलु भनेको मान्छेको नाम त
हैन ?
चम्पाकली : (झर्किदै) ह्या मम् पनि । इलु इलु भनेको मान्छेको नाम पनि हैन खानेकुराको नाम पनि हैन । इलु इलु भनेको माया हो के माया । एकजना तन्नेरी नेतासँग मेरो माया बस्ला जस्तो छ भनेको क्या : छ्या, मम् चैं कुरै नबुझ्ने ।
मीठाईदेवी — (चर्को स्वरमा) हेर हेर हेर, कस्तरी लाजै नमानी बोलेकी । लाजको पर्दा लाजै नमानी स्वारररररर खोलेकी । हैन लाज शरमजत्ति जम्मै खोलेर बागमतीको फोहोर पानीमा फालिस कि क्यो हो ? बाउदाजुले सुने के भन्लान् ? तेरा मकै खाने बंगारा जम्मै
झारिदिन्छन् है नानी । यो तेरो इलु हो कि सिलु हो तेल्लाई भेट्न पर्दैन है मैले भन्द्या छु । चम्पाकली माया बस्यो भन्दैमा किन लाज मान्नु र ? अबको जमानामा केटीको केटासँग केटाको केटीसँग माया बस्यो भन्दा बाउआमाले त आप्mना छोराछोरीलाई गाली गर्ने हैन धन्यवाद दिनुपर्छ (आमातिर पुलुक्क हेर्दै) अचेल त केटाकेटा र केटीकेटीको विहे हुन थालिसक्यो ।
मीठाईदेवी — हन यस्तो बोल्दा तलाई अलिकित पनि लाज लागेन नि ?
चम्पाकली — किन लाज लाग्नु मम् ? टिभीमा, सिनेमामा हिरोले हिरोनीलाई ग्वाम्म अँगालो हालेर
च्वाप्प म्वाईं खाँदा हेर्ने दर्शकलाई लाज लाग्छ त ? तपाईलाई लाज लाग्छ त ?
मीठाईदेवी — (कड्केर) अझ बढी बोल्छेस् ? इज्जतका झ्यालढोका बेर्थै किन खोल्छेस् ?
चम्पाकली — अनि के त रातदिन टि।भी। मा जोन एब्राहमले विपासलाई, शाहिद कपुरले करिनालाई मरक्क् अँगालेर च्वाप्प म्वाई खाँदा आफ्नो आङमा चरक चरक ध्यू कमिलाले टोकेर छुट्टी । तर के गर्नु, आफूलाई फुटेको अाँखाले हेर्ने कोही छैनन् । अनि एकजना भुसतिघ्रे, अरिमट्ठेसँग भए पनि लब नपारी भो त ? आफूलाईइइइइइइइइइ… कहाँ कहाँ छटपटी भैरहेछ , तपाईलाई के थाहा ?
मीठाईदेवी — (अलि आश्चर्य मानेझैं) हन के भन्छे यो नखरमाउली ? किन बन्छेस् उखरमाउली ? उमेरै नपुगी बैंंसको किन हो यो ताउडी र माउडी ? हाँ…।
चम्पाकली — आजसम्म तपाईहरुले कानो, खोरोन्डो नै भए पनि एउटा ज्वाई खोज्न सक्नु भएन । छोरीको रहर र चाहनालाई बुभ्mनै सक्नु भएन । रणवीर कपुरजस्तो नभए पनि जानी लिभरजस्तै भए पनि चल्थ्यो त । खै तपाईहरुले ज्वाई खोजेको ? त्यसैले अब जुलुस, आन्दोलन र हडतालको फाइदा उठाएर एउटा हेर्दैमा बबी देओलजस्तै देखिने सांसदसँग इलुइलु पर्ला जस्तो छ । उसले पनि मलाई हेरेर मुसुमुसु हाँसेर ग्रिन सिग्नल दिँदैछ । अब छाडिन्न है मम्, त्यो हिरोजस्तो सांसदलाई ।
मीठाईदेवी — हो र भन्या ? (आश्चर्यको भावमा)
चम्पाकली — हो नि मम्, तपाई हेर्दैमात्रै जानुस्, यो जवानीको कमाल । त्यो सांसदसँग विहे भएपछि त म पनि सांसदनी, भोलि मन्त्री भैहाल्यो भने त म मन्त्राणी । मम्, त्यसपछि त गाडी, बंगला, गहना, नोकरचाकर के के हो के । अनि त जया भादुडीलेझैं म पनि बनारसी सारीमा सजिएर घरमा एक्लै छुनुमुनुगर्दै गीत गाउँदै छमक छमक हिँड्छु— पियाका घर है यह, रानी हुँ मैं । वाउ मम् वाउ, त्यस्तो पो लाइफ । त्यसैले मम्, म आउने नआउने ठेकान छैन है मम् । आएँभने तपाईको ज्वाईसँगै आउँला । यसो घडासडा तयारी अवस्थामा राख्नु नि । शुभकामना दिनुस् है मेरो नयाँ जीवनलाई ।
मीठाईदेवी — भो भो, हतार नगर । खोजौंला केटो, बाउआमामाथि भरोसा गर । विदेशी बबीजस्तो नभेटे नि नेपाली रवि त कसो नभेटिएला, ए गाँठे ।
चम्पाकली — नरोक्नुस् मम मलाई, नछेक्नुस् मलाई । आज त आन्दोलनकारी होस् कि सुरक्षाकर्मी बबी देओल होस् कि प्रेम चोपडा एकजना नरोजी त भएकै छैन । टि.भी. दृश्यहरु हेरीहेरी कति दिन तडपिनु ? आन्दोलनमा नेता र कार्यकर्ताहरु भट्याई रहन्छन्
जिन्दावाद र मूर्दावाद । त म भट्याउँछु — प्रेमवाद जिन्दावाद । प्रेमवाद जिन्दावाद । त्यसैले आज त त्यो हिरोजस्तो सांसदको हातै समाएर आई लभ यु भनिदिन्छु । आगोको राप भेटेपछि ध्यू कसो नपग्लेला र ? पक्कै पग्लिन्छ पग्लिन्छ । मम्, ल म हिँडे प्रेम युद्धमा । छोरीको विजयको कामना गर्नुस् है ।बाई मम् ।
मीठाई देवी — (आत्तिदै) भो नजा जुलुसमा । खोजौंला नि एउटा, हजारौं छन् संसारमा ।
चम्पाकली — नो नो नो मम्, आज त हिरो सांसदलाई आप्mनो बनाएर आफू पनि सांसदनी बन्ने हो ।
मीठाईदेवी — ( केही बेरको अलमल पछि आफू पनि लोभिएको भावमा फकाउँदै) नानी मलाई पनि तेस्तै एकजना धनीसँग इलु इलु पारी देन, नानी ।
चम्पाकली — ह्वाट नन्सेन्स । बासी कराईमा यस्तो उबाल ? (धित मरुन्जेल हाँसेर) नो मम्, सूर्यास्तमा सूर्योदय हुँदैन । बाई मम्, म हिँडे जुलुसमा ।
मीठाई देवी — (बिन्तीको भावमा ) नानी मलाई पनि तेस्तै एकजना धनीसँग इलु इलु पारी देन, नानी ।
चम्पाकली — (फेरि हाँस्दै) सूर्यास्तमा सूर्योदय हुँदैन । बाई मम्, म हिँडे जुलुसमा ।
मीठाई देवी — नानी……
चम्पाकली — बाई मम्, म हिँडे जुलुसमा ।
मीठाई देवी — एकजना धनीसँग इलु इलु पारी देन, नानी
चम्पाकली — हाँस्दै) सूर्यास्तमा सूर्योदय हुँदैन । बाई मम्, म हिँडे जुलुसमा ।
(पृष्ठभूममा मीठाईदेवीले चम्पाकलीलाई बोलाईरहेको र चम्पाकली हाँस्दै गरेको ध्वनि गुञ्जिरहेको हुन्छ ।)
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































