परशुराम पराजुलीधर्मभीरु
भातले मातिएका चोरहरू ! गाईबाछालाई मुतमा सुताएर आफू भने ओच्छ्यानमा सुत्छौ । जुरुक्क उठेर काममा जोतिन्छौ कि पादै सुतिरहन्छौ मोराहरू ?"

परशुराम पराशर :
पण्डितबाजे बडो धर्मभीरु हुँ भन्थे । उनको दैनिकी गेरु रङ्गको थैलीभित्र माला जप्नु नै थियो । उनलाई देशदेशान्तरबाट पुराण वाचन गराउन निम्ता आए पनि जॉदैनथे । ‘मैले जति पुराण भनें भनें अब भन्दिनँ । बुढो पनि भएँ । घरमै धर्म गरेर बस्छु ।’ माला जपिरहने पण्डितबाजेको भनाइ यही हुन्थ्यो ।
उनले समयमै खेतबारी मनग्गे जोडेका थिए । गाईबाछा लगभग पचासओटा थिए होलान् । दुध-घिउको पर्वाह नै थिएन । काम गर्ने नोकरचाकर चारपाँच जना थिए । सबैलाई कामको भागबण्डा थियो । आफ्नो काम गर्नु र अर्काको काममा दखल नदिनु उनीहरूको योग्यता थियो ।
बाजे बिहान चारैबजे उठेर नोकरचाकरलाई काम अराउँदै भन्थे- “ए मोराहरू हो । कन्डामा घाम लागुन्जेल सुत्छौ । भातले मातिएका चोरहरू ! गाईबाछालाई मुतमा सुताएर आफू भने ओच्छ्यानमा सुत्छौ । जुरुक्क उठेर काममा जोतिन्छौ कि पादै सुतिरहन्छौ मोराहरू ?”
यो त बाजेको बिहान उठ्नेबित्तिकैको नियमित पाठ नै थियो । यो पाठ गरिरहँदा पनि बाजेको हातको थैलीभित्र माला भने घुमिरहेकै हुन्थ्यो ।
०००
काठमाडाैं










































पढेर औधी मज्जा आयो।