साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धर्मभीरु

भातले मातिएका चोरहरू ! गाईबाछालाई मुतमा सुताएर आफू भने ओच्छ्यानमा सुत्छौ । जुरुक्क उठेर काममा जोतिन्छौ कि पा‌दै सुतिरहन्छौ मोराहरू ?"

Nepal Telecom ad

परशुराम पराशर :

पण्डितबाजे बडो धर्मभीरु हुँ भन्थे । उनको दैनिकी गेरु रङ्गको थैलीभित्र माला जप्नु नै थियो । उनलाई देशदेशान्तरबाट पुराण वाचन गराउन निम्ता आए पनि जॉदैनथे । ‘मैले जति पुराण भनें भनें अब भन्दिनँ । बुढो पनि भएँ । घरमै धर्म गरेर बस्छु ।’ माला जपिरहने पण्डितबाजेको भनाइ यही हुन्थ्यो ।

उनले समयमै खेतबारी मनग्गे जोडेका थिए । गाईबाछा लगभग पचासओटा थिए होलान् । दुध-घिउको पर्वाह नै थिएन । काम गर्ने नोकरचाकर चारपाँच जना थिए । सबैलाई कामको भागबण्डा थियो । आफ्नो काम गर्नु र अर्काको काममा दखल नदिनु उनीहरूको योग्यता थियो ।

बाजे बिहान चारैबजे उठेर नोकरचाकरलाई काम अराउँदै भन्थे- “ए मोराहरू हो । कन्डामा घाम लागुन्जेल सुत्छौ । भातले मातिएका चोरहरू ! गाईबाछालाई मुतमा सुताएर आफू भने ओच्छ्यानमा सुत्छौ । जुरुक्क उठेर काममा जोतिन्छौ कि पा‌दै सुतिरहन्छौ मोराहरू ?”

यो त बाजेको बिहान उठ्नेबित्तिकैको नियमित पाठ नै थियो । यो पाठ गरिरहँदा पनि बाजेको हातको थैलीभित्र माला भने घुमिरहेकै हुन्थ्यो ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Umesh Parajuli
Umesh Parajuli
1 year ago

पढेर औधी मज्जा आयो।

Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
1
0
Would love your thoughts, please comment.x
()
x