साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्भावना

उम्काउँछन् व्यापारीलाई करछली गर्न वजारभाउ बढाउ भन्दै पार्टी चन्दा भर्न । सकेसम्म आफै हुन्छन् सुविधाको भोगी बनाउँछन् महङ्गीले जनतालाई जोगी

Nepal Telecom ad

डा. लाेकेन्द्रप्रसाद पाैड्याल :

नेता खोज्छन् जताततै
भव्य “ताली मान”
सोच्या सम्मान नपाएमा
गर्छन् “गाली दान”

खासै छैन उनको योगदान
विकासको काममा
जहिल्यै हुन्छन् जुहारी व्यस्त
गाली तथानाममा

लगाउँछन् योजनाका
कुरा लाखापाखा
निम्त्याउँछन् आर्थिक संकट
थप्दै ऋणका भाका

उम्काउँछन् व्यापारीलाई
करछली गर्न
वजारभाउ बढाउ भन्दै
पार्टी चन्दा भर्न

सकेसम्म आफै हुन्छन्
सुविधाको भोगी
बनाउँछन् महङ्गीले
जनतालाई जोगी

मतदाताले विचार गरुन्
आउँदो चुनाव भोट
राम्रो परुन् उम्मेद्वार
नलागेको खोट

जो देखिन्छ प्रतिवद्ध
तिनलाई राम्रो जानौं
सम्भावना बोक्नेलाई
मात्र भोटमा छानौँ ॥

०००
काठमाडाैं
गञ्जागाेल (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
मुलाईजा

मुलाईजा

डा. लोकेन्द्रप्रसाद पौड्याल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x